Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पर्सी आइहाल्न्या हुँ खिरपुरी बनाइराख्नु अचार पनि, धेरै खान्या हुँ – धनगढी की शान्ति

Public Dristi by Public Dristi
डिसेम्बर 11, 2020
in कला
316
0
247
SHARES
398
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः ‘पर्सी आइहाल्न्या हुँ खिरपुरी बनाइराख्नु।  अचार पनि, धेरै खान्या हुँ। हिजो कम खाँ हुँ नि मैले ! धेरै खान्या हुँ। नरुनु।’ दुलहीले कारबाट आमालाई सम्झाउँदै भनेको यो भिडियो अहिले निकै चर्चामा आएको छ। ‘विचार गरेस् है आफ्नो। आफ्नो शरीर स्वस्थ एपछि मात्र सबै चिज हुन्छ है। ख्याल राख्नु।’ सोही भिडियोमा दुलहीको गाला सुम्सुम्याउँदै आमाले भनेको देख्न सकिन्छ। 

टिकटक र फेसबुकमा भाइरल भइरहेको यो भिडियो कसको हो ? भन्ने कुरा अहिले निकै चासोको विषय बनेको छ। सारामल्ल ठकुरीको टिकटक एकाउन्टबाट सार्वजनिक भएको यो भिडियो भाइरल भइरहेकै बेला फेरी अर्को भिडियो पनि सार्वजनिक भएको छ। जुन भिडियोमा उनी पूर्व वाचा अनुसार माइतीघर आएको देख्न सकिन्छ भने आमाको हातबाट खिरपुरी र अचार पनि खाएकी छन्।

यी दुवै भिडियो टिकटक हुँदै सामाजिक सञ्जाल फेसबुक इन्स्टाग्राम ट्विटर आदीमा अहिले भाइरल भइरहेका छन्। उनको पहिलो भिडियो टिकटकमा मात्र ३९ लाख पटक हेरिएको छ। सो भिडियाले ४ लाख ७७ हजार लाइक पाएको छ। १४ हजार हजार ३ सय जनाले शेयर गरेका भिडियोमा ६ हजार ६ सय १८ कमेन्ट छन्। 

दोस्रो भिडियो टिकटकमा मात्र १० लाख पटक हेरिएको छ। १ लाख ३ हजार ३ सय जनाले लाइक गरेको सो भिडियोमा १ हजार ३ सय ४९ जनाले शेयर गरेका छन् भने ८ सय ८८ जनाले कमेन्ट गरेका छन्। 

को हुन् भाइरल दुलही ? 

टिकटकमा भाइरल दुलहीको माइतीघर धनगढी हो। धनगढी उप–महानगरपालिका–५ हसनपुरकी शान्ति शर्मा मुडभरीको मंसिर २२ गते विवाह भएको थियो। माइतीघरबाट जन्ती बिदाइ गर्ने बेला शान्तिकी साथी सारा मल्ल ठकुरीले उनलाई सरप्राइज दिन जानकारी समेत नदिएर त्यो भिडियो कैद गरेकी थिइन्। 

शान्तिले आफू भाइरल भएपछि मात्र भिडियो खिचिएकोबारे थाहा पाएको बताएकी छन्। ‘फोन गरेर साथीहरुले तिम्रो भिडियो भाइरल भएको छ भनेका थिए तर विश्वास लागेको थिएन,’ नवदुलही शान्ति शर्मा मुडवरीले भनिन्, ‘त्यो भिडियो टिकटकमा भाइरल भएको कुरा धनगढी आएपछि मात्र मैले थाहा पाए। मेरो बच्चैदेखि मिल्ने साथीले भिडियो कैद गरेर हालेकी रहेछिन्।’

आफ्नो भिडियो भाइरल भएकोमा खुसी व्यक्त गर्दै शान्तिले भनिन्, ‘विवाहको दिन मेरा लागि विशेष त थियो नै तर भिडियोले साँच्चै त्यो दिनलाई अविस्मरणीय बनाएको छ। साथीहरु पनि खुसी भएका छन्। नचिन्नेहरुले पनि मलाई चिने।’ 

विवाहको दिन माइतीघरबाट बिदाइ हुने बेला प्रायजसो दुलहीहरु रुने गर्छन्। तर शान्तिले भने रोइरहेकी आमालाई सम्झाउँदै संवाद गरेकी छन्। उनी भन्छिन्, ‘आँखामा आसु आउँदा आउँदै पनि थामे। किनकी म रोयो भने मम्मी (आमा) र घरपरिवारलाई झन पीडा हुन्छ भन्ने ठानेर आफूलाई सम्हाले।’

झण्डै १ वर्षदेखि प्रेम सम्बन्धमा रहेका पोखरामा बसोबास गर्ने चिरन्जीवि ओझा र उनको घरपरिवारको सहमतिमै विवाह भएको हो। उनीहरु दुवै जनाको पुख्र्यौली घर भने अछाम हो। उनी काठमाडौँमा व्यवस्थापन संकायमा स्नातकोत्तर (एमबीए) गरिरहेकी छन् भने चिरन्जीवि जागिरे हुन्।

उनले कक्षा ६ देखि १२ सम्मको अध्ययन धनगढीको ऐश्वर्य विद्या निकेतनमा गरेकी हन् भने स्नातक तह दोस्रो वर्षसम्म ऐश्वर्य क्याम्पसमा अध्ययन गरेकी उनी हाल काठमाडौँमा अध्ययनरत छन्। उनी मुडभरी शान्तिको नामबाट टिकटक चलाउँदै आएकी छन्। – दिनेशखबर

Previous Post

अछाममा थप १८ जनामा कोरोनाको संक्रमण पुष्टी

Next Post

खाँडाचक्र नगरपालिकालाई पुर्णखोप सुनिश्चितता नगर घोषणा ।

Next Post

खाँडाचक्र नगरपालिकालाई पुर्णखोप सुनिश्चितता नगर घोषणा ।

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal