Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कस्तो रहयो रासिफल आजको दिन तपाईंको -अछाम टुडे

Public Dristi by Public Dristi
डिसेम्बर 9, 2020
in सूचना प्रविधि
28
0
22
SHARES
35
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

२०७७ मंसिर २४ गते, बुधवार, ९ डिसेम्बर २०२०। मार्ग कृष्णपक्ष, नवमी तिथि (११:३८ बजेदेखि दशमी), उत्तरफाल्गुनी नक्षत्र (७:४२ बजेदेखि हस्त), चन्द्रराशि– कन्या।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अवसरका लागि केही दौडधुप गर्नुपर्ला। सानो गल्तीले हर्जाना तिराउन सक्छ। परिस्थिति अलि संघर्षपूर्ण रहला। नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ। अरूको करकापमा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। बलजफ्तीले समस्या निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्लान्। सानो कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।   

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याएर अघि बढ्नुहोला। कामको मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र सामान्य उपलब्धि प्राप्त हुनेछ। 

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। स्वयं नजुट्दा काम बिग्रनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ। 

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिएला। विचार सम्प्रेषण गर्नुअघि पूर्वतयारी गर्नु बुद्धिमानी हुनेछ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। 

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसरसमेत दिलाउन सक्छ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ। स्वास्थ्यका लागि केही खर्च पनि बढ्नेछ। 

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। तर नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ। दिगो योजनाका लागि ऋण लिने समय छ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ। शुभचिन्तकहरूको सहयोगले काम बन्न सक्छ तर सानो कामलाई अधिक खर्च हुनेछ। आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। 

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। भौतिक साधनको उपयोगले विशेष फाइदा दिनेछ। श्रमको उचित मूल्य पाइनेछ। छोटो समयमा लाभ उठाउने अवसर प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। सहयोगीहरू पनि जुट्नेछन्।   

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ। फाइदा कमै भए पनि आँटेको काम सम्पादन हुनेछ। आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन्। अरूलाई वशमा राख्न सकिनेछ। तर बलजफ्ती गर्ने बानीले आफन्त टाढा हुनेछन्। नियमित काममा भने राम्रो फाइदा उठाउन सकिनेछ।  

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू पनि निकै सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। तर श्रमअनुसार कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ। तापनि कामलाई निरन्तरता दिन सकिनेछ। व्यवसायतर्फ हिसाबकिताबमा अलि होसियार रहनुहोला।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। सम्भावना देखिए पनि काम गर्न समय लाग्नेछ। परिस्थितिको चक्रमा अलमलिनुपर्ला। 

मीन –

माहोल रमाइलो रहनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। सुन्दर उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले काममा उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। 

Previous Post

रेडक्रस सोसाइटी जिल्ला शाखा अछामले सरसफाइ सामग्री बितरण-अछाम टुडे

Next Post

लोक सेवा आयोगले माग्यो ५ सय १३ जना शाखा अधिकृत (सूचना सहित)

Next Post

लोक सेवा आयोगले माग्यो ५ सय १३ जना शाखा अधिकृत (सूचना सहित)

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal