माडी क्षेत्रमा सवारी दुर्घटना बढेसंगै ईलाका प्रहरी कार्यालयले सवारी चेकजाँचको क्रम तीब्र ।।
माडीमा बड्दो सवारी दुर्घटना लाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय माडीले सवारी चेकजाँचको क्रम तीब्र पारेको छ । प्रहरीले बिना सवारी चालक अनुमतिपत्र सवारी साधन चलाउने, लापरबाही पूर्वक सवारी चलाउने, मादपदार्थ सेवन गरी सवारी चलाउने र तिब्र गतिमा सवारी चलाउले चालक तथा सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको हो ।
मुख्य गरि बस, बोलेरो, ट्याक्टर र अटोमा विशेष लापरबाही देखिएकोले पहिलो चरणमा यस्ता सवारीहरु चेकजाँच गरी कारबाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले जानकारी दिनुभयो । आज मात्रै १२ वटा ट्याक्टर, ४ वटा अटो र १ बसलाई कारबाहीको दायरामा लिएको उहाँले जानकारी दिनुभयो । साथै ध्योनि प्रदुषण गर्ने चर्को आवाजमा साउण्ड बजाएर ट्याक्टर तथा अटो चलाउने ४ ओटा सवारीको साउण्ड बक्स समेत झिकिएको उहाँले बताउनुभयो ।
बढ्दो दुर्घटना न्यूनीकरणका लागि सडकमा ट्राफिक संकेत राख्ने तथा नवनिर्मित बाटोमा लेन् लाइनिङ गर्ने काम छिटै सुरु हुने र हरेक सवारी चालक हरुलाई आफू सुरक्षित रहेर सवारी चलाउन तथा यात्रुहरुले आफू सवार सवारीमा स्वास्थ्य सुरक्षा मापदण्ड तथा ट्राफिक नियमको पालन भए नभएको ध्यान दिई आवतजवत गर्न समेत पौडेलले अनुरोध गर्नुभयो ।
आफ्नो सानो लापरबाहीले ठूलो क्षति हुने तथा सानो हतारले जिन्दगीभरि आपंग भै पछुतो मानी बस्नुपर्ने अवस्था आउने हुनाले सबैलाई सतर्क रहन आग्रह गर्दै सबैमा ट्राफिक नियमको पालन गरी सवारी चलाउन अनुरोध गर्नुभयो ।

Discussion about this post