Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कैलालीमा विगत लामो समयदेखि यात्रुहरु गाडी व्यवसायीबाट ठगिँदै

Public Dristi by Public Dristi
डिसेम्बर 7, 2020
in प्रदेश
37
0
29
SHARES
47
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

डोटी – सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा विगत लामो समयदेखि यात्रुहरु गाडी व्यवसायीबाट ठगिँदै आएका छन् । चर्को भाडा लिँदा आफूहरु ठगिँदै आएको उनीहरुको गुनासो छ । पटक–पटक ठगिएको गुनासो गर्दै आए पनि कसैले त्यसको सम्बोधन नगरेको उनीहरुको भनाइ छ ।

भारतबाट रोजगारी गरी नेपाल फर्किने अधिकांश यहाँका नागरिक भारतको गौरी फन्टाबाट त्रिनगर पुर्याएबापत दलाललाई रकम दिँदै आएको बताउँछन् । त्रिनगरमा यात्रा गर्दा गाडी व्यवसायीबाट ठगिने गरेको मुम्बईबाट अछाम जान डोटीको दिपायल पुग्नुभएका नव टमाटाको भनाइ छ । ‘गौरीफन्टाबाट त्रिनगर पुर्याएबापत दलालले पाँच सय भारु लियो, त्यहाँबाट घर आउन गाडी चढ्दा दुई हजार पाँच सय रुपैयाँ तिर्नुपर्‍यो ।’

उहाँ जस्तै भारतबाट रोजगारी गरी घर आउने सुदूरपश्चिमेलीहरु दिनहुँ गौरीफन्टा नाकामा लुटिँदै आएका छन् ।

भारतबाट आएका नागरिक राख्ने गौरीफन्टाको होल्डिङ सेन्टरमा प्रहरीहरु खटाइएका भए पनि प्रहरीले समेत पीडितका गुनासा नसुन्ने तथा गाडी मालिक तथा उनीहरुले खटाएका एजेण्टकै कुरा सुन्ने गरेको भारतको मदरासबाट रोजगारी गरी फर्किनुभएका डोटीको दिपायल सिलगढी नगरपालिका २ खुल्लेकका परुवा भुलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाडी मालिकले मनोमानी पैसा लिँदैछन्, यसबारे प्रहरीलाई गुनासो गर्दा सुनुवाइ नै भएन, उल्टै हप्काएर पठाए ।’ भाडा बढी लिएको विषयमा गुनासो सुन्ने निकाए नभएका कारण भारतबाट नेपाल आउने लाई निकै सास्ती हुँदै आएको त्रिनगर आसपासका स्थानीय बताउँछन् ।

सुदूरपश्चिम बस व्यवसायी समिति कैलालीले धनगढीदेखि दिपायलसम्म पाँच सय ५०, अछामको साँफे बगरसम्म सात सय ५५ तथा मङ्गलसेनसम्म नौ सय २५ रुपैयाँ भाडादर तोकेको छ । तर त्रिनगर भन्सार गेटबाट यहाँका पहाडी जिल्लामा छुट्ने गाडीका चालकले आफूखुसी धनगढीदेखि दिपायलसम्म एक हजार, अछामको साँफे बगरसम्म एक हजार पाँच सय र मङ्गलसेनसम्म दुई हजार पाँच सय रुपैयाँसम्म भाडा लिने गरेको यात्रुहरुको आरोप छ ।

थोरै सङ्ख्यामा गाडी राखिने तथा भारतबाट आएका नागरिकले बजारमा आएर गाडी चढ्न नपाइने नियम भएका कारण त्रिनगरमा मनोमानी ढङ्गले भाडा लिने गरेको भारतबाट फर्किनुभएका डोटीको बोगटान फुड्सिल गाउँपालिका ३ का लक्ष्मण साउदले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० मुकेशकुमार सिंहले यात्रु ठगिएको बारेमा तत्काल जानकारी लिएर छानबिन सुरु गर्न कैलाली जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यात्रु ठगिँदै आएको विषयमा जानकारी लिएर छानबिन सुरु गर्न निर्देशन दिएका छौँ, तोकिएको भन्दा बढी भाडा लिएको देखिए कानुन बमोजिम कारबाही हुनेछ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक ९एसपी० अनुपम राणाले पनि यात्रु ठग्ने जो कोहीलाई कारबाही हुने बताउनुभयो ।

अन्तिम अपडेटस् मंसिर २२, २०७७ jyaaloonline.com

Previous Post

आज – २२ मंसिर २०७७ सोमवार को राशिफल

Next Post

माडी क्षेत्रमा सवारी दुर्घटना बढेसंगै ईलाका प्रहरी कार्यालयले सवारी चेकजाँचको क्रम तीब्र ।।

Next Post

माडी क्षेत्रमा सवारी दुर्घटना बढेसंगै ईलाका प्रहरी कार्यालयले सवारी चेकजाँचको क्रम तीब्र ।।

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal