Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कोरोना संक्रमणको बिषयमा चाँसो राख्दै कांग्रेस अछामका यूवा नेता तिमिल्सैना

Public Dristi by Public Dristi
डिसेम्बर 4, 2020
in विशेष
41
0
32
SHARES
52
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम । नेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता बेदप्रकाश तिमिल्सैनाले दिनानुदिन बढ्दै गएको कोरोनाको संक्रमणले अछाममा समस्या निम्त्याउन सक्ने उल्लेख गरेका छन्फै। अछाममा फैलिएको कोरोना संक्रमणको बिषयमा चाँसो राख्दै कांग्रेस अछामका यूवा नेता तिमिल्सैनाले कोरोना नियन्त्रणका लागि सरोकारवाला पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गरेका हुन् ।

अछामको हरेक पाटोमा चाँसो र चिन्ता व्क्त गरिरहने नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका पूर्व अध्यक्ष समेत रहेका तिमिल्सैनाले सामाजिक सञ्जाल मार्फत कोरोना भाईरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । उनले अहिलेको संक्रमण दरलाई मध्यनगर गर्दै तत्काल सदरमुकाम सहित ठुलासैन क्षेत्रमा निश्चित समय सिमा तोकेर केही दिनका लागि निषेधित क्षेत्र घोषणा गर्न आवश्यक रहेको बताएका छन् ।

साथै उनले कोरोना संक्रमितको कन्ट्याक्टट्रेसिगं, स्वाब संकलनको दायरा फराकिलो, संक्रमितले होम आइसोलेसनको पालम गरे नगरेको अनुगमनमा समेत ध्यान दिन स्थानीय तह अन्र्तगत वडास्तर बाटै सक्रियता देखाउनु पर्ने बताएका छन् । अहिलेको चिसो मौसमलाई ध्यानमा राख्दैँ सदरमुकाम सहितका आइसोलेसनहरुको उचित व्यवस्थापन गर्नुपर्ने भन्दै तिमिल्सैनाले जिल्ला अस्पताल सहित अन्य कोभिड अस्पताललाई समेत थप व्यवस्थि तगर्न तर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् ।

जिल्लाका अस्पतालहरुमा अक्सिजन बेडको तुरुन्तै ब्यवस्थापन गर्नुपर्ने भन्दै उनले कमलबजार नगरपालिकाले संचालनमा ल्याएको पिसिआर प्रयोगशालालाई अछाम स्थित स्थानीय तह र जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले बजेको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । तिमिल्सैनाले सत्ता पक्षका सांसदले प्रक्रिया अनुसार भएका कामको सिलान्यास, भाषण, उद्घाटन गरेर जस लिनुभन्दा पनि कोरोना रोकथाम र नियन्त्रणका लािग नतिजा दिने काम देखाउन चुनौती समेत दिएका छन् ।

यस्तै उनले जिल्लाका सबै स्थानिय तह जिम्मेवार बन्दै स्थानीय प्रशासन, स्वास्थ्य कार्यालयसंग नियमित समन्वयको पाटो बलियो पार्दै सहजीकरणमा

स्वास्थ्य कार्यालयले पनि स्थानिय तहलाई सघाउन अनुरोध गरेका छन् । जिल्लामा अक्सिजन सहितको एम्बुलेन्स तयारी अवस्थामा राख्न पनि अहिलेको आवश्यक्ता भएकाले यस कुरामा समेत सम्बन्धित पक्षको ध्यान दिनुपर्ने उनको भनाई छ ।soduraja

Previous Post

टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ स् सांसद बोगटी

Next Post

पन्चदेवल बिनायक नगरपालिका का ५ कर्मचारीमा कोरोना पुष्टि

Next Post

पन्चदेवल बिनायक नगरपालिका का ५ कर्मचारीमा कोरोना पुष्टि

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal