Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नयाँ रेकर्ड कायम गर्दै सेयर बजार हरेक दिन

Public Dristi by Public Dristi
डिसेम्बर 2, 2020
in कारोबार
52
0
40
SHARES
64
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । सेयर बजारले यो साता हरेक दिन नयाँ रेकर्ड कामम गर्दै अगाडि बढेको छ । साताको चौथौ दिन पनि सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको हो । गत साता नेप्सेको ५३ महिना अगाडिको रेकर्ड तोडेको सेयर बजार परिसूचक नेप्सेले हरेक दिन नयाँ रेकर्ड कायम गर्दै गएको छ । बुधबार पनि साढे ३ प्रतिशतभन्दा माथिले वृद्धि हुँदा नेप्से दुईहजार १०० विन्दुतर्फ अगाडि बढेको छ ।

बुधबार बजार परिसूचक नेप्से ७०।६२ अंकले बढेर २०७१।०२ अंकमा बन्द भएको छ । प्रि ओपन सेसनमानै दोहोरो अंकले वृद्धि भएको नेप्से बजार खुलेसँगै लगातार बढ्को थियो । १ बजेर ५ मिनेटमा २०७८ अंकसम्म पुगेको नेप्सेमा त्यसपछि केही करेक्सन आउने संकते देखिए पनि लगानीकर्ता बजार बढ्नुमा आशावादी हुँदा बिक्री भन्दा खरीदकर्ता नै हाबी हुन पुग्दा नेप्से उच्च अंकले बढ्यो ।


नेप्सेसँगै क वर्गका कम्पनीहरुलाई माग पर्ने सेन्सिटिभ इन्डेक्स पनि दोहोरो अंकले बढेको छ । सेन्सिटिभ इन्डेक्स १२।२५ अंकले बढेर ३९६।०५ अंकमा पुगेको छ । साताको पहिलो दिन उच्च अंकले बढेको बैंकिङ समूहको उपसूचक लगातर दुुईदिन करेक्सन भएको थियो भने बुधबार पनि बैंकिङ समूहको सूचकले नेप्सेलाई साथ दिन सकेन ।

तर अन्य समूहको उपसूचकले नेतृत्व गरेको नेप्सेमा लघुवित्त, उत्पादन, हाइड्रोपावर, जीवन र निर्जीवन बिमासँगै होटेल समूहले साथ पाउँदा नेप्से उच्च अंकले बढेको छ । बजारमा सबैभन्दा ठूलो हिस्सा रहेको बैंकिङ समूहको उपसूचक ०।४२ प्रतिशतको समान्य वृद्धि देखिए पनि पछिल्लो समय बजार बढाउन सबैभन्दा ठूलो भूमिका खेलेको अन्य समूहको उपसूचक भने सबैभन्दा धेरै ८।४ प्रतिशतले बढेको छ ।

त्यस्तै लघुवित्त समूहको उपसूचक ७।९५ प्रतिशत, उत्पादन समूहको सूचक ६।६७ प्रतिशत, हाइड्रोपावर समूहको उपसूचक ५।४५ प्रतिशत, जीवन बिमा समूहको उपसूचक ४।९५ प्रतिशत, होटेल समूहको उपसूचक ३।५५ प्रतिशत र निर्जीवन बिमा समूहको सूचक २।४९ प्रतिशतले बढेको छ । नेप्सेमा हरियाली छाउँदा व्यापार समूहको उपसूचक भने रातो बन्न पुगेको छ । व्यापार समूहको उपसूचक ०।७१ प्रतिशतले करेक्सन आएको छ ।

नेप्सेसँगै कारोबार रकममा समेत उत्साह भएको छ । यो साता नै ९ अर्ब माथिको कारोबार भएर रेकर्ड राखेको बजारमा बिहीबार पनि कारोबार रकम साढे ७ अर्ब नजिक पुगेको छ । बुधबार नेप्सेमा २०१ कम्पनीको एककरोड ५५ लाख ६४ हजार ४०७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ३४ लाख ८३ हजारको कारोबार भएको छ ।

किनबेच रकममा नेपाल दुरसञ्चार कम्पनीले नेतृत्व गर्दा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साथ दिएको छ । नेपाल दुरसञ्चार कम्पनीको ४० करोड ७१ लाख ७४ हजारको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको पनि करिब ३१ करोडको कारोबार भएको छ । नेप्सेमा १० कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदा ३३ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ ।

कारोबार सुरु भएको केही समयमा नै दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । १० प्रतिशतले सेयर मूल्य बढेका ९ कम्पनीमा ७ वटा लघुवित्त रहेका छन् । अघिल्ला दिनमा सबैभन्दा धेरै कारोबार हुने गरेको नेपाल पुनर्बिमा कम्पनीमा कारोबार बन्द हुनुभन्दा दुईघण्टा अगाडिदेखि नै बिक्री अर्डर शून्य देखिएको थियो ।

गुमाउनेमा भने युनिलिभर, नेपाल बंगलादेश बैंक साल्ट ट्रेडिङ कर्पोरसन केही हाइड्रोपावर र केही वािणज्य बैंकलगायतका लगानीकर्ता रहेका छन् ।

किन बढ्दै छ सेयर बजार रु

असारको तेस्रोसाता लकडाउनपछि बजार खुल्दा कोरोना महामारीको प्रभाव सेयर बजारमा पनि पर्ने भन्दै लगानीकर्तामा त्रास देखिएको थियो । तर कोरोना महामारीबीच पनि आर्थिक वृद्धिमा संकुचन आउनुको बाबजुद रेमिट्यान्स पर्याप्त भित्रिएको, बैंकिङ प्रणालीमा पर्याप्त तरलता, सस्तो ब्याजदरले गर्दा बजारमा कोभिडको प्रभाव पर्न सकेन ।

अर्कोतर्फ कोभिडले उत्पन्न प्रतिकूल परिस्थतिले धेरै व्यापार व्यवसाय प्रभावित हुँदा लगानीको उपयुक्त विकल्पको रुपमा पनि सेयर बजार रहन पुग्यो । बैंकमा देखिएका अधिक तरलताले गर्दा सेयर लगानीकर्ताले सहजरुपमा कर्जा पाए भने ब्याजदर पनि घटेको अवस्था छ ।

त्यस्तै निक्षेपको ब्याजदर न्यून बिन्दुमा आएकोले निक्षेपकर्ताले पनि बैंकमा राख्नुभन्दा लगानी गर्ने अन्य विकल्प खोज्ने अवस्था आएको देखिन्छ । सेयर बजार नै रोज्दा बजारमा नयाँ लगानीकर्ताको प्रवेश र यही बीचमा सेयर लगानीकर्ताले नरुचाएको भनिएका अर्थमन्त्री बाहिरिएका नयाँ अर्थमन्त्रीको आगमन नै सेयर बजार बढ्नुको कारण भएको सेयर बजारका विज्ञ तथा सरोकारवालाको बुझाइ रहेको छ ।

अर्कोतर्फ प्रविधिको विकाससँगै विद्युतीय माध्यमबाट नै धितोपत्रको किनबेच र भुक्तानी हुनसक्ने भए पनि त्यसको प्रभाव समेत बजारमा देखिएको हो । नेपाल राष्ट्र बैैंक आर्थिक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्ट बैंकिङ प्रणालीमा पर्याप्त तरलता भएको र सस्तो ब्याजदरमा सहज रुपमा कर्जा पाएका कारण पनि सेयर बजार बढ्नमा ठूलो भूमिका रहेको बताउँछन् ।

तर सबैभन्दा प्रमुख कारण भने लगानीकर्तामा देखिएको पोजेटिभ सेन्टिमेन्ट नै भएको डा। भट्टको भनाइ छ ।

“अहिले स्टक मार्केट बुलिस ट्रेन्डमा रहेको छ, यस्तो अवस्थामा नवप्रवेशी र नयाँ र साना लगानीकर्ता चनाखो हुनुपर्छ, भोलि बजारले बबलको रुप लिएर बस्ट भयो भने त्यसको मर्का सबैभन्दा बढी साना लगानीकर्तालाई नै पर्छ,” उनले भने, “बजार माथि गयो भनेर आत्तिने होइन तर चनाखो हुनुपर्छ, यस्तो अवस्थामा बजारमा सहभागी हुने पक्ष, कर्जा प्रवाह गर्ने पक्षले सम्यमता अपनाउनुपर्छ ।”

सेयर बजार दिगो हुन संस्थागत र उपकरणगत विविधिकरण हुनुपर्ने तर दुवै हुन नसकेको उनले दाबी गरे ।

“हाम्रो बजारमा संस्थागत विविधिकरणको लागि वास्तविक क्षेत्रसहित उत्पादन क्षेत्रका उद्योगहरु सूचीकृत नभएसम्म संस्थागत विविधिकरण हुँदैन, होटेल उद्योग र हाइड्रोपावरहरुको सूचीकरण अझै बढ्नुपर्छ,” डा। भट्ले भने ।

बजारमा विविधिकरण भयो र त्यसले निरन्तरता पायो भने बजार दिगो हुने उनको भनाइ छ । अहिले बजारप्रति लगानीकर्ताको विश्वास रहेको उनले बताए । हरेक कुराको एउटा साइकिल हुने र एउटा फेजमा पुगेपछि बजारलाई विश्वासमा राख्न गाह्रो हुने भएकोले यसमा जुनुसुकै बेला पनि आवश्यक पक्षहरुले सचेत हुनुपर्ने उनको भनाइ छ ।

Previous Post

मंसिर २० गतेसम्मका लागि स्थगित नेकपा सचिवालय बैठक

Next Post

टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ स् सांसद बोगटी

Next Post

टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ स् सांसद बोगटी

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal