Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

डीपी अर्याल रास्वपाका अघोषित कार्यवाहक

Public Dristi by Public Dristi
अक्टोबर 27, 2024
in विशेष
8
0
6
SHARES
9
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

११ कात्तिक, काठमाडौं । सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रक्राउ गरेको दश दिन पुग्दासम्म राष्ट्रिय स्वतन्त्र पार्टीमा कार्यवाहकको औपचारिक जिम्मा दिइएको छैन । तर उपसभापति डिपी अर्यालले अघोषित कार्यवाहक सभापतिका रुपमा काम गरिरहेका छन् ।

पार्टी सभापति तथा संसदीय दल नेता रहेका लामिछाने २ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

त्यसैले उनले खुला रुपमा पार्टी काममा समय दिन सक्ने छैनन् । पार्टी विधान अनुसार सभापतिले तोकेका दुई उपसभापति मध्ये एकजना कार्यवाहक सभापति हुने व्यवस्था छ । उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेमध्येबाट एकलाई लामिछानेले कार्यवाहक सभापति तोक्नुपर्ने हुन्छ ।

रास्वपा पार्टी विधानले भन्छ, ‘दुई उपसभापतिमध्ये उमेरमा जेष्ठ उपसभापतिले वा सभापतिले तोकेको उपसभापतिले सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिका रुपमा सभापतिको कार्य गर्ने ।’

विधानको पहिलो व्यवस्था अनुसार ज्येष्ठ उपसभापति कार्यवाहक सभापति हुँदा स्वर्णिम वाग्ले स्वतः हकदार हुन्छन् । २०३१ सालमा जन्मिएका यी दुईमध्ये वाग्लेको उमेर अर्यालको भन्दा तीन महिना बढी छ ।

विधानमा उल्लिखित अर्को व्यवस्थामा अनुसार ‘सभापतिले तोकेको उपसभापति’ लाई कार्यवाहक सभापति बनाउने गरी लामिछानेले निर्णय गरेका छैनन् ।

यद्यपि, लामिछाने पक्राउ परेपछि कार्यवाहक सभापतिको अभ्यास भने भइसकेको छ । कात्तिक ५ गते विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदा रास्वपाबाट हस्ताक्षर अर्यालले गरेका थिए । विपक्षी अन्य चार दलका अध्यक्षले हस्ताक्षर गरेको ज्ञापनपत्रमा अर्यालले रास्वपाबाट सभापतिको हैसियतमा हस्ताक्षर गरेका थिए ।

Previous Post

ट्रान्सफर्म नेपालको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम कमलबजारमा सम्पन्न-अछाम टुडे

Next Post

कैलाली र अछामबाट १४ जना जुवाडे पक्राउ

Next Post

कैलाली र अछामबाट १४ जना जुवाडे पक्राउ

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal