Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज मतदान

Public Dristi by Public Dristi
सेप्टेम्बर 28, 2023
in राजनीति
20
0
15
SHARES
24
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं : नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने भएको छ।

मतदान दिउँसो १ बजेबाट मात्रै सुरु गर्ने तयारी रहेको अध्यक्ष मण्डलका सदस्य एवं पार्टी स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए। गए रातभर उम्मेदवारी दर्ता, दाबी विरोध लगायतका काम भएकाले मतदान ढिलो हुन लागेको उनले बताए।

उनका अनुसार ५ पदाधिकारीसहित २४० सदस्यीय कमटीका लागि ५०० भन्दा बढीको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारलाई आज बिहान उम्मेदवारी फिर्ताको समय दिइएको छ।

त्यसपछि विद्युतीय भोटिङ मेशिनमार्फत् मतदान गर्ने तयारी भएकाले उम्मेदवारको नाम मेसिनमा ‘इन्ट्री’ गर्न केही समय लाग्नेछ। अध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्। कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन्।

उपाध्यक्षमा सुभाषचन्द्र ठकुरी, नारायण प्रसाद खतिवडा, दावा दोर्जे लामा, इश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ। सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र डाक्टर रामकुमार अधिकारीले उम्मेदवारी दिएका छन्। दुई उपसचिवका लागि १२ जनाको उम्मेदवारी परेको छ।

Previous Post

नेपाल शिक्षक संघ अछामको महिला बिभागले मनायो हरितालिका तिज

Next Post

नयाँ नोट प्रतिव्यक्ति १८ हजार दिइने

Next Post
WWW.ACHHAMTODAY.COM

नयाँ नोट प्रतिव्यक्ति १८ हजार दिइने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal