Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मृतकका दाजुको आरोप- सेटिङमा फैसला भयो

Public Dristi by Public Dristi
अगस्ट 14, 2023
in साामााजिक
226
0
175
SHARES
283
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछामको पञ्चदेव विनायकका विनोद शाहीको हत्या आरोपमा पक्राउ परेका सज्जन बहादुर शाहीलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि अछाममा आन्दोलन सुरु भएको छ । लामो समयदेखि फरार रहेका सज्जन बहादुर शाहीलाई राष्ट्रिय युवा संघका नेता कार्यकर्ताहरुले साउन २२ गते काठमाडौँबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

अछामको पञ्चदेवल विनायक नगरपालिका(४ का १५ वर्षीय विनोद २०७९ जेठ २१ गते मृत अवस्थामा भेटिएका थिए । यो घटनाका मुख्य योजनाकारको रूपमा आरोप लाग्दै आएका सज्जन लामो समयदेखि काठमाडौँमा लुकिछिपी बसेका थिए । तर, पीडित परिवारले भने नेता र प्रहरीकै संरक्षणमा उनी पक्राउ नपरेको आरोप लगाउँदै आएका थिए ।

एक वर्षसम्म पनि प्रहरीले पक्राउ नगरेको र पक्राउ गरेर प्रहरीलाई बुझाए लगत्तै जिल्ला अदालतले आइतबार पाँच लाख धरौटीमा छाडेपछि सोमबार विरोध प्रदर्शन भएको हो ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज भरत शाहले शाहीको हत्याका मुख्य योजनाकारलाई अदालतले धरौटीमा छाडेपछि आन्दोलनमा उत्रिनु परेको बताए ।

‘प्रहरी प्रशासनले यस अघि पनि उहाँलाई पक्राउ गर्नै खोजेको थिएन । हामीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थियौँ’ उनले भने ‘त्यसपछि पछि अदालतमा सेटिङ गरेर अहिले उन्मुक्ति दिएको दिइएको छ त्यसको विरोधमा हामी छौँ । हामी निरन्तर आन्दोलनमा जान्छौँ ।’

शाहीको हत्या गरिएको भन्दै पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध किटानी जाहेरी परेको थियो । सरकारी वकिलको कार्यालयले मेयर चलाउनेसहितका तीन जनाविरुद्ध प्रमाण नपुग्ने भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो ।

१० जनाविरुद्ध मुद्दा चलाइएकोमा अदालतले गत असारमा पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने चार जना अझै फरार छन् ।

अभियोग पत्र माग दाबी अनुसारको कसूरमा उनी निर्दोष हुन भन्ने आधार नभए प्रमाण नभए पनि थुनामै राखेर मुद्दा चलाउन वृद्ध र बिरामी समेत भएका कारण मनासिव नदेखिएको आदेशमा उल्लेख छ । पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने आदेशमा भनिएको छ ।

अहिले अदालतले रिहा गरेपछि पीडित आफन्तले भने पनि सेटिङमा फैसला भएको आरोप लगाएका छन् ।

‘सबै प्रमाण र बयानका आधारमा उहाँ नै मुख्य योजनाकार हो भन्ने पुष्टि भइसकेको छ तर, सत्ता र शक्तिको दुरुपयोग गरेर धरौटीमा रिहा गरिएको छ हामी त्यसको विरुद्धमा छौँ’, मृतक विनोदका दाजु बखत शाहीले बताए ।

आइतबार धरौटीमा रिहा भएका शाहीविरुद्ध द्वन्द्वका बेला माओवादी कार्यकर्ता सूर्यबहादुर शाहीको हत्याको पनि आरोप लाग्ने गरेको छ । उनकै योजनामा सूर्यलाई बोरामा हालेर कर्णाली नदीमा फालेको आफन्त बताउँछन् ।

शाही पञ्चदेवल विनायक नगरपालिका–४ निवर्तमान वडाध्यक्ष हुन् । उनी कांग्रेसका नगर सभापति तथा पूर्व शिक्षकसमेत हुन् ।

Previous Post

सामुदायिक रेडियो रामारोशनको स्टुडियोमा सर्प पस्दा रेडियोको प्रसारण सेवा अबरुद्ध

Next Post

नेपाल शिक्षक संघ अछामको महिला बिभागले मनायो हरितालिका तिज

Next Post

नेपाल शिक्षक संघ अछामको महिला बिभागले मनायो हरितालिका तिज

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal