साउन १३, २०७८ – अमर सुनार
दैलेख – शिशु जन्माएपछि अत्याधिक रक्तश्राव भई ज्यान जोखिममा परेकी दैलेखकी एक सुत्केरी महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रमको निःशुल्क हवाई उद्धार सेवा अन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलको पहलमा आठबीस नगरपालिका–९ छेपाडीकी २५ वर्षीया जुना बिकलाई बुधवार दिउँसो हेलिकप्तटरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल पु¥याइएको स्थानीय रेश्मा बिकले जानकारी दिनुभयो । जुनाको यसअघि २ वर्षको छोरी छिन् ।
स्थानीय सामुदायिक स्वास्थ्य केन्द्रमा मंगलवार विहान दोश्रो सन्तानको रुपमा छोरालाई जन्म दिइसकेपछि अत्याधिक रक्तश्राव भएकोले राष्ट्रपति महिला उत्थान कार्यक्रमको समन्वयमा उद्धार गरिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका समाज विकास महाशाखाका प्रमुख अनिता ज्ञवालीले बताउनुभयो ।
सुत्केरी भए लगतै रक्तश्राव हुन थालेकोले हेलिकप्टरको लागि खवर पुगेपनि मौसम प्रतिकुलताले मंगलवार सम्भव नभएपछि ठाँटीकाँध प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याएर रोकथामको उपाय गरी बुधवार दिउँसो मौसम अनुकूल भएपछि जुनाको उद्धार गरिएको हो ।
ठाँटीकाँध प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको प्रयत्नले रक्तश्राव नरोकिएपछि हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पतालमा पु¥याए लगतै चिकित्सकहरुको तत्परतामा उपचार सुरु भएको र अहिले रक्तश्राव रोकिएको कर्णाली अस्पतालका डा. केशर ढकालले बताउनुभएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७५/७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य जोखिममा परेका महिलालाई हवाई उद्धार गरी सुविधायुक्त अस्पतालमा लिने गरिएयता दैलेखमा हेलिकप्टरबाट उद्धार गरिएको यो दोश्रो घटना हो ।
गएको चैत २६ गते जिल्लाको ठाटीकाँध गाउँपालिका वडा नम्बर ४ गैरागाउँकी वर्षीयाया मिना विष्ट सिजापतिको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । सुत्केरी भएको एकसातापछि अत्याधिक रक्तश्राव भएपछि त्यसबेला पनि सेनाको हेलिकप्टरबाट सुर्खेतमा उपचारपछि ज्यान बचेको थियो ।
सरकाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले समन्वय गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रमले १८ हिमाली तथा उच्च पहाडी जिल्ला सबै पालिका र दैलेख लगायत सहर नजिकका २९ जिल्लाका आंशिक क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिन्छ ।


Discussion about this post