Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना अन्तर्गत संचालन भएका क्रियाकलापको अनुगमन

Public Dristi by Public Dristi
जुलाई 1, 2023
in साामााजिक, स्तानिय समचार
8
0
6
SHARES
9
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम : जिल्लामा प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना अन्तर्गत सञ्चालन भएका क्रियाकलापको अनुगमन गरिएको छ । जिल्लाका १० वटै पालिकामा सञ्चालनमा रहेको उक्त परियोजनाका मध्यपहाडी करिडोर अन्र्तगतका क्षेत्रमा शनिबार अनुगमन गरिएको हो ।

जस अन्र्तगत पञ्चदेवल बिनायक नगरपालिका, कमलबजार नगरपालिका, मंगलसैन नगरपालिका र साँफेबगर नगरपालिकामा लागु भएका कार्यक्रमको अनुगमन गरिएको छ भने बाँकी रहेका पालिकाहरुमा यसअघि समेत अनुगमन गरिएको थियो । आर्थिक बर्ष २०७९/८० मा परियोजना मार्फत सञ्चालन भएका कार्यक्रम तथा क्रियाकलापहरुको अनुगमन गरिएको परियोजना ईकाइ कार्यान्वयन प्रमुख तथा कृषी अधिकृत युवराज बिकले बताए ।

पञ्चदेवल बिनायक नगरपालिकाको वडा नं. १ मा रहेको नमुना बाख्रा खोर प्रर्दशनको कार्यक्रम, मंगलसैन नगरपालिका वडा नं. ५ मा रहेको आलु उन्नत प्रबिधी प्रदर्शन, कमलबजार नगरपालिका वडा नं. ६ बिरपथमा रहेको बाख्रा खोर सुधार कार्यक्रम र साँफेबगर नगरपालिका वडा नं. ८ मटेनामा निर्माणधिन हाईटेक टनेलको अनुगमन गरिएको हो ।

उक्त क्षेत्रमा लागु भएका कार्यक्रम तथा क्रियाकलापहरु सन्तोषजनक रहेको र यसले गर्दा कृषकहको जिवीकोपार्जन र आर्थिक सुधार हुने देखिएको अनुगमनमा सहभागी जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवँरले बताए । १५ लाखको लागतमा मटेनामा निर्माण भईरहेको हाईटेक टनेल यस क्षेत्रका कृषकहरुका लागि सिकाईको रुपमा प्रयोग गरिने कृषी अधिकृत बिकले बताए ।

प्रधानमन्त्री कृषी परियोजना अन्र्तगत अछाम जिल्लाका लागि यस बर्ष ३ करोड बजेट रहेको थियो भने १० पालिका मध्ये ५ पालिकामा बाख्रा र बाँकि ५ पालिकामा आधुनिक कृषी आुली जोनका रुपमा छनोट गरिएको थियो । साँफेबगर, बान्नीगढी, मेल्ललेख, रामारोशन र मंगलसैनमा आलु जोन र कमलबजार, बिनायक, चौरपाटी, ढकारी र तुर्माखाँदमा नमुना बाख्रा फारमका रुपमा परियोजना लागु गरिएको छ ।

जिल्ला समन्वय समिती अछामका प्रमुख सहित परियोजनाका कर्मचारी, पत्रकारहरुको टोलीले कार्यस्थलमा भएका गतिविधीको अनुगमन गरिएको हो ।

आधुनिक कृषी आत्म निर्भर जीवीकोपार्जन गर्ने माध्यम बन्नुपर्छ : पूर्व मन्त्री शाह ।

यसैबिच साँफेबगर नगरपालिका वडा नं. ८ मा रहेको आत्मगौरब कृषी सहकारी संस्थाका १ सय ६५ जना सदस्यहरुलाई कृषी सामाग्री समेत वितरण गरिएको छ । परियोजना मार्फत १५ लाख बराबरको लगानीमा प्राप्त भएका प्लाष्टिक टनेल लगायतका कृषी सामाग्री वितरण गरिएको हो ।

सामाग्री बितरण कार्यक्रममा प्रमुख अथिति रहेका पुर्व सुचना तथा सञ्चार राज्य मन्त्री गोन्विन्द बहादुर शाहले आधुनिक कृषी स्वयम व्यक्ती आत्म निर्भर र जीवीकापार्जनका गर्ने माध्यम बन्नु पर्ने बताएका छन् । आधुनिक कृषी र फलफुल खेति गरे मात्रै नागरिक कुपोषणमुक्त हुने भएकाले यसमा सबै कृषकहरु लाग्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बिशष्टि अथिति रहेका जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुँवरले आगामी ५ बर्षमा अछाम जिल्लालाई एभोकाडोमय जिल्लाका रुपमा बनाउन लागि परको बताए । अबको १ बर्ष केही पालिकामा एभाकाडो फल्ने र अरु पालिकामा समेत सोको बिरवा बितरण गरिने उनले बताए । कृषकहरुले पनि आधुनिक कृषी तथा फलफुल खेती गर्न तर्फ आर्कर्षित हुनुपर्ने उनको भनाई थियो ।

कृषी सहकारी संस्थाका अध्यक्ष टंक ताम्राकारको अध्यक्षतामा भएको सामाग्री वितरण कार्यक्रममा समाजसेवी तथा कांग्रेस नेता अर्जुन ताम्राकारले आफु संस्थाको संस्थापक हुदाँ देखि नै आधुनिक कृषीलाई जोड दिएको बताए । कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष कालु सिंह कुँवर लगायतको सहभागीता रहेको थियो ।

Previous Post

डोटीमा १० वर्षीय बालकको पानीमा डुबेर मृत्यु

Next Post

जिल्लामा प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना मध्यपहाडी करिडोर अन्तर्गतका क्षेत्रमा अनुगमन

Next Post

जिल्लामा प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना मध्यपहाडी करिडोर अन्तर्गतका क्षेत्रमा अनुगमन

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal