डोटीः डोटीमा १० वर्षीय बालकको पानीमा डुबेर मृत्यु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ गैरागाउँ टोलका अम्मर मलासीको छोरा १० वर्षीय दिपेश मलासीको मृत्यु भएको हो।
दिपेश घरबाट निस्की हराएकोमा खोजतलास गर्ने क्रममा सोही ठाउँमा निर्माणाधिन अवस्थामा रहेको सरुवा रोग नियन्त्रण अस्पतालको पानी जम्मा गर्ने ट्याङकीमा डुबीरहेको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


Discussion about this post