Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पञ्चदेवल विनायकको ऐतिहासिक कदम घरेलु मदिरा ब्रान्ड बनेर बजारमा आउँदै

सागर देबकोटा by सागर देबकोटा
जुन 24, 2025
in विशेष
441
0
345
SHARES
557
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम — अब गाउँघरमा लुकीछिपी बन्ने घरेलु मदिरा कानुनी रुपमा ब्रान्ड बनेर बजारमा आउनेछ। पञ्चदेवल विनायक नगरपालिकाले ऐतिहासिक निर्णय गर्दै, घरेलु मदिरा उत्पादन, व्यवस्थापन तथा नियमन गर्न विशेष ऐन पारित गरेको छ।

नगरपालिकाको १४औं नगरसभाबाट पारित “घरेलु मदिरा उत्पादन, नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन”ले घरेलुस्तरमा बनाइने कोदो, मकै, जौ लगायतका सामग्रीबाट बन्ने मदिराको गुणस्तर परीक्षण गरी ब्रान्डिङ गर्ने बाटो खोलिएको हो।

नगरप्रमुख अम्बिका चलाउने भन्छिन्, “हामी मदिरालाई नकारात्मक होइन, व्यवस्थित ढंगले रोजगारी र व्यवसायको स्रोत बनाउनेतर्फ लागेका छौं।” उनले जनजातीय परम्परासँग जोडिएको मदिरालाई सम्मानका साथ व्यवस्थापन गर्न ऐन आवश्यक रहेको बताइन्।

रोजगार संयोजक भरतराज अधिकारीका अनुसार, अब गुणस्तरीय मदिरा उत्पादनलाई दर्ता प्रणालीमा ल्याई साना उद्योगको रूपमा विकास गरिनेछ। कार्यविधि र नियमावली निर्माणको तयारी भइरहेको उनले जानकारी दिए

नगर उपप्रमुख हर्क बहादुर रावलका अनुसार, अब लुकीछिपी हुने कारोबार घट्नेछ भने, दर्ता प्रक्रिया र कर प्रणाली मजबुत हुँदै स्थानीय उत्पादनले आयआर्जन र रोजगारीको नयाँ बाटो खोल्नेछ।

यस ऐन अन्तर्गत अवैध रुपमा मदिरा उत्पादन तथा बिक्री गर्नेहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान पनि रहेको छ।

Previous Post

पञ्चदेवल विनायक नगरपालिकाको १४औं नगरसभा सम्पन्न, आगामी वर्षको नीति तथा कार्यक्रम पारित

Next Post

तुर्माखाँद गाउँपालिकाले बजेट निर्माण अघि सुझाव संकलनमा देखायो सक्रियता, अब जनताको आवाज बजेटमा प्रतिविम्बित हुने

Next Post

तुर्माखाँद गाउँपालिकाले बजेट निर्माण अघि सुझाव संकलनमा देखायो सक्रियता, अब जनताको आवाज बजेटमा प्रतिविम्बित हुने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal