Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

हिच्माको हृदय– बडिरुख चौतारी र जाल्पा देवी मन्दिर : पुनर्निर्माणको पर्खाइमा

सागर देबकोटा by सागर देबकोटा
जुन 15, 2025
in विशेष
217
0
170
SHARES
274
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

टंक प्रसाद रिमाल_अछामको ढकारी गाउँपालिका–२, साविकको हिच्मा गाविसको मध्य भागमा रहेको ऐतिहासिक बडिरुख चौतारी र यससँगै जोडिएको जाल्पा देवी मन्दिर आज पनि स्थानीयको आशा, आस्था र आत्मीयताको केन्द्र बिन्दु बनेको छ । प्राकृतिक सौन्दर्यले सजिएको, शिलाले निर्मित सो चौतारी र धार्मिक भावनाले पूरिपूर्ण भरिएको मन्दिर वर्षौं देखि हिच्माका जनताको सामूहिक स्मृति र संस्कारको प्रतीक रहि आएको छ।

चौतारीको विशाल बर रूखको छायाँमा थुप्रै पुस्ताले विश्राम लिएका छन । विद्यार्थीका कलिला पाइला विद्यालयतिर लाग्दा, शिक्षकले शिक्षाको दीप जलाउँदा, बिरामी र कुरुवाले थकाइ मार्दा र बटुवाहरूले बाटो विराउँदै आराम लिँदा यही चौतारी साक्षी बनेको छ । त्यतिमात्र होइन, प्रत्येक सार्वजनिक सभा, चुनावी कार्यक्रम, सामुदायिक भेला र सांस्कृतिक समारोहको मुटु यही चौतारी बन्दै आएको छ।

तर अहिले, हिच्माको यस गहनाले जति श्रद्धा बटुलेको छ, त्यो अनुसारको संरक्षण भने पाउन सकेको छैन । पत्थरहरूले उठाइएको भित्ताहरू भत्किन थालेका छन । मन्दिरको संरचना जीर्ण छ र त्यो सिङ्गो ऐतिहासिक सम्पदा पुनर्निर्माणको गम्भीर पर्खाइमा छ । चौतारी विना मन्दिर अपूरो देखिन्छ, मन्दिर विना चौतारी अधुरो । यो संयोजन हिच्माको पहिचान मात्र होइन, यहाँको ऐतिहासिकता, सामुदायिक चेतना र सामाजिक सम्बन्धको जड हो।

यस सुन्दर थलोको पुनरुत्थान आवश्यक मात्र होइन, अनिवार्य छ । यहाँको सौन्दर्यलाई संरक्षण गर्न सके हिच्माको मुटु फेरि नयाँ जोगिएर धडकिन थाल्नेछ । यो स्थललाई व्यवस्थित गरी सांस्कृतिक पर्यटनको प्रवर्द्धन गर्न सकिने अपार सम्भावना छ । सरकारका सम्बन्धित निकाय, स्थानीय तह, सरोकारवाला निकायको चासो र समुदायको सक्रिय सहभागिताले यस गहनालाई नयाँ रूप दिन सक्नेछ ।

अब समय आएको छ, हामीले सामूहिक संकल्पका साथ भन्नु पर्नेछ— हामी हाम्रो चौतारी र मन्दिर जोगाउँछौं । हामी हाम्रो इतिहास साक्षात गर्ने ठाउँलाई सुन्दर बनाउँछौं ।

Previous Post

एलिना चौहानको ‘गल्ती गरे माया लाएर’ सार्वजनिक

Next Post

पञ्चदेवल विनायक नगरपालिकाको १४औं नगरसभा सम्पन्न, आगामी वर्षको नीति तथा कार्यक्रम पारित

Next Post

पञ्चदेवल विनायक नगरपालिकाको १४औं नगरसभा सम्पन्न, आगामी वर्षको नीति तथा कार्यक्रम पारित

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal