Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बाँदर धपाउन आलोपालो प्रणाली, वडाध्यक्षसहित १५ जना छानिए-अछाम टुडे

Public Dristi by Public Dristi
जुन 7, 2023
in सूचना प्रविधि
88
0
69
SHARES
112
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पोखरा । भर्खरै पसाउन लागेका र दाना पस्न लागेका मकै खेतीलाई बाँदरले नोक्सान गर्छ की भनेर पर्वतको कुश्मा नगरपालिका–९ मा स्थानीयले बाँदर धपाउने पालो राखेका छन् ।

मकै जोगाउन यहाँका स्थानीयहरूले नै पालैपालो बाँदर कुर्ने गर्छन् । खेतमा लगाइएको मकै नपाक्दासम्म हरेक दिन फरकफरक व्यक्तिले खेत कुर्नुपर्ने हुन्छ । त्यसका लागि खेतमा नै सानो छाप्रो बनाइएको छ ।

बाँदर एउटा दुइटा आए त छाप्रोमा बस्नेले नै धपाउँछ । हुल बाँधेरै आए त साँध्य हुँदैन । अनि गाउँले सबैलाई खबर गर्नुपर्छ । बस्ती नजिकै भएका कारण छोटो समयमा नै गाउँलेहरू जम्मा भएर बाँदर धपाउने गछन् ।


यसका लागि १५ जना व्यक्ति छानिएका छन् । बाँदर धपाउन छनोट हुनेमध्येका एकजना कुश्मा–९ का वडाध्यक्ष पनि हुन् । वडाध्यक्ष रामशर्मा लामिछानेको बाँदर हेर्ने पालो जेठको २९ गते परेको छ । त्यसको १५ दिनपछि असार १३ गते उनको अर्को पालो छ ।

१५र१५ दिनको अन्तरालमा हरेकको पालो दोहोरिने र यो क्रम मकै पाकेर नउतार्दासम्म जारी रहने वडाध्यक्ष लामिछानेले बताए ।

“मकै नपाक्दासम्म र रोपाईं सुरु नहुँदासम्म खेती त जोगाउन पर्‍यो, त्यसकै लागि हरेक दिन एकजना व्यक्तिलाई बाँदर कुर्नको लागि खेतमा नै पठाइने गरिएको छ,” उनले भने, “असार १३ गते मेरो पालो हो, त्यो दिन म खेतमा जान्छु, रुटिनअनुसार सबै पालैपालो जाने गरेका छौँ ।”

बसाइसराईँले रित्तिएका पर्वतका ग्रामीण भेगमा बाँदर आतंक नयाँ भने होइन । अघिल्लो वर्षहरूमा पनि बाँदरले बालीनाली नष्ट गर्ने गरेको वडाध्यक्ष लामिछाने सुनाउँछन् । ग्रामीण क्षेत्रमा सबैको साझा समस्या नै बाँदरबाट कसरी खेती जोगाउने भन्ने छ ।

अघिल्ला वर्षहरूमा पनि यसैगरी बाँदर धपाइएको उनले बताए । अहिले भने वडाले खाजाको व्यवस्था गरिदिने उनले बताए ।

“आफ्नो पालामा लौरो लिएर खेतमा जाने, बाँदरको हुल आयो भने उसले संकेत दिन्छ ९फोनमार्फत वा चिच्याएर० त्यसपछि गाउँलेहरू सबै जान्छन् ।” उनले भने ।

Previous Post

शिक्षा शाखा प्रमुख रावलले मान्छेलाई जंगली भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएपछि भयो हंगामा

Next Post

बैतडीको पाटनलाई बुझाए युवाहरुले सुझाव पत्र 

Next Post

बैतडीको पाटनलाई बुझाए युवाहरुले सुझाव पत्र 

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal