Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

स्वास्थ्यकर्म छोडेर कृषिमा जमेका फिर्तुराम

Public Dristi by Public Dristi
मे 30, 2023
in समाज
15
0
11
SHARES
18
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं गएर सिएमए उत्तीर्ण गरेका फिर्तुरामले स्वास्थ्य सेवामा सरकारी जागिर पाउन नसकेपछि गाउँमै फर्किएर ६ वर्षसम्म मेडिकल सञ्चालन गरेका थिए ।
स्वास्थ्यकर्म छोडेर कृषिमा जमेका फिर्तुराम गौरीगंगा नगरपालिका वडा नं। १० भगतपुरका ३४ वर्षीय शिक्षाले स्वास्थ्यकर्मी हुन् । तर उनी कृषिमा जमेका छन् ।

उनले ६÷७ वर्षदेखि व्यवसायिक तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । स्वास्थ्य सेवा भन्दा बढि कृषिबाट आत्मसन्तुष्टी प्राप्त भएको फिर्तुरामले बताए । ‘परिवारसंगै काम गर्न मिलेको छ,’ उनले भने, ‘आम्दानी पनि भएकै छ । एक सिजनमा लगानी कटाएर कम्तिमा दुई लाख ७० हजार कमाउन सकिएकै छ । उपभोक्तालाई अर्गानिक र स्वस्थ तरकारी खुवाउन पाइएकै छ । अरु काम भन्दा यसमा मलाई सबै भन्दा बढि सन्तुष्टी मिलेको छ ।’

काठमाडौं गएर सिएमए उत्तीर्ण गरेका फिर्तुरामले स्वास्थ्य सेवामा सरकारी जागिर पाउन नसकेपछि गाउँमै फर्किएर ६ वर्षसम्म मेडिकल सञ्चालन गरेका थिए । मेडिकल राम्रै चलेको भएपनि ल्याब सेवा उपलब्ध नभएपछि मेडिकल बन्द गरेर काठमाडौं हानिएका थिए । ‘ल्याबमा नमुना परीक्षण बिना औषधि दिन उचित लागेन । ल्याब सेवा उपलब्ध थिएन । त्यसपछि मेडिकल बन्द गरे ।’ उनले भने, ‘काठमाडौं गएर निजी अस्पतालमा दुई वर्ष जागिर गरे । गाउँमा आमा र श्रीमति मात्रै बस्नुपर्ने भयो । परिवारको रेखदेख गर्नको लागि जागिर छोडेर घर फर्किए । त्यसपछि तरकारी खेती शुरु गरें ।’

दुई कट्ठा जमीनबाट तरकारी खेती गरेका फिर्तुरामले अहिले १६ कट्ठा जमीनमा तरकारी खेती गरेका छन् । ‘शुरु शुरुमा कम लगाउथे । कम उत्पादन हुन्थ्यो । साइकलमा तरकारी राखी घर घरमा गएर विक्री गथ्र्ये,’ उनले भने, ‘तरकारी उत्पादन गर्ने नयाँ टेक्नोलोजी सिकेपछि तरकारी खेतीको जमीन पनि बढाएको छु । उत्पादन पनि बढि हुन थालेको छ । अब घर घर गएर तरकारी बेच्न सकिने अवस्था छैन । व्यापारीहरुले फोनमा अडर दिन्छन् । मोटरसाइकलमा राखेर पु¥याएर आउछु ।’

फिर्तुरामले उत्पादन गरेको तरकारी बढैपुर, मसुरिया, पहलमानपुर, सुख्खड र चौमाला बजारमा खपट हुन्छ । उनले बोडी, लौका, टमाटर, करेला, भन्टा, फर्सी, काउली, बन्दा, साग, भेडे खुर्सानी, खुर्सानी, कांक्रा लगायतका तरकारी उत्पादन गर्ने गरेका छन् । उनले आम किसानले तरकारी उत्पादन गर्ने समय भन्दा फरक समय पारेर तरकारी उत्पादन गर्ने गरी खेती गर्ने गरेको बताए । यसले गर्दा बजारमा राम्रो मुल्य पाउने गरेको उनले बताए । चार वटा टनेलभित्र खेती गर्ने गरेका उनले एउटा बाली निकालेर नसकिदै अर्को तरकारी रोप्ने गरेका छन् । उनले जमीन खाली नहुँदै अर्को तरकारी रोपेर उत्पादन गर्दा वर्षको चार बालीसम्म लिन सकिने गरेको उनले बताए ।

आफू, आमा, श्रीमती र एक छोरा गरी चार जनाको परिवार रहेको फिर्तुरामले तरकारी उत्पादन गरेर कृषि उपकरणहरु पनि जोड्न सफल भएका छन् । उनले तरकारी खेती उत्पादन गरी विक्री गर्न किसानहरुलाई भारतीय तरकारी सस्तो दरमा आउने गर्नाले चुनौतिपूर्ण रहेको बताए । उनले बेमौसममा तरकारी उत्पादन गर्दा बजारमा बेच्न सजिलो हुने गरेको बताए । उनले किरा र रोगबाट तरकारी बचाउनका लागि जैविक विषादी बनाएर प्रयोग गर्ने गरेको बताए । ‘जैविक विषादी बनाउन बकाइनो, निम, प्याज, लसुन प्रयोग गर्छौ,’ उनले भने, ‘रसायनिक विषादी प्रायः प्रयोग गर्दैन । धेरै किरा लागेर जैविक विषदीले काम नगरेपछि मात्रै रसायनिक विषादी प्रयोग गर्छु ।’

फिर्तुरामले उत्पादन गरेको तरकारी बेच्नका लागि दीगो विकास समाज र वल्र्ड भिजनको सहकार्यमा सञ्चालित पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजनाबाट कृषि एम्बुलेन्स पनि प्राप्त गरेका छन् । उनले २०८० बैशाख १० गते कृषि एम्बुलेन्स प्राप्त गरेको बताए । उनले गाउँका अन्य किसानले समेत उत्पादन गरेको तरकारी लगायतका कृषि उपजहरु बजारसम्म लैजान थालेको बताए । उनलाई कृषि उत्पादन बढाउन नयाँ प्रविधि सम्बन्धी तालीम दिनुका साथै उपकरणहरु समेत परियोजनाले सहयोग गरेको छ ।

Previous Post

प्रेस युनियनको ३२ औं स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

Next Post

सुदूरपश्चिममा रासायनिक मलको अभाव

Next Post

सुदूरपश्चिममा रासायनिक मलको अभाव

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal