Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

चौरपाटीको शान्ति देवी माविमा आत्महत्या र लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

सागर देबकोटा by सागर देबकोटा
मे 28, 2025
in साामााजिक
27
0
21
SHARES
34
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

चौरपाटी, अछाम — २०८२ जेठ १४ _जिल्ला प्रहरी कार्यालय अछाम र सामाजिक विकास कार्यालय अछामको संयुक्त आयोजनामा चौरपाटी गाउँपालिका–७ स्थित श्री शान्ति देवी माध्यमिक विद्यालयमा आत्महत्या तथा लागू औषध दुर्व्यसन न्यूनिकरणसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता सामाजिक बिकाश कार्यलय अछामका प्रमुख डम्बर बहादुर रावलले गर्नुभएको थियो ।भने चौरपाटी–७ का वडा अध्यक्ष ललित बोगटी र विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बोगटी विशेष आतिथ्यका रूपमा सहभागी हुनु भएको थियो।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा प्रमुख अतिथि भण्डारीले आत्महत्यासम्बन्धी विविध पक्षहरू — जस्तै आत्महत्या गर्ने व्यक्तिका मनोविज्ञान, आत्महत्या संकेत चिन्ने तरिका, जोखिम घटाउने उपाय, कानुनी पक्ष, छाउपडी प्रथा विरुद्ध प्रहरीको भूमिका र प्रयासहरू लगायतका विषयमा श्रव्यदृश्य सामग्रीको माध्यमबाट प्रस्तुति दिनुभयो।


त्यस्तै, लागू औषध दुर्व्यसन सम्बन्धी जानकारी दिँदै नेपालमा प्रचलित लागू औषध, अछाममा पाइने किसिमका लागू औषध, प्रयोग गर्ने प्रमुख कारण, दुर्व्यसनीको लक्षण, दण्ड–सजाय र नियन्त्रण उपायहरूबारे जानकारी गराइएको थियो।

कार्यक्रममा विद्यालयका कक्षा ९, १० र ११ का ६१ जना विद्यार्थीहरूसहित शिक्षक, अभिभावक तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

सहभागीहरूका अनुसार कार्यक्रम अत्यन्त उपयोगी र ज्ञानवर्धक भएको प्रतिक्रिया दिएका छन्।

Previous Post

मेल्लेख–६, षोडषादेवी पूर्ण बालमैत्री वडा घोषणा

Next Post

भारतमा रहेका युवाको पहलमा अछाम डाडिगडेमा जाल्पा देवी मन्दिर निर्माण सम्पन्न

Next Post

भारतमा रहेका युवाको पहलमा अछाम डाडिगडेमा जाल्पा देवी मन्दिर निर्माण सम्पन्न

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal