Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

ओलीको १५३ भर्सेस देउवाको १४९, कस्ले मार्ला बाजी ?

Public Dristi by Public Dristi
मे 21, 2021
in राजनीति
4
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं, ७ जेठ । नेपालको संसदीय इतिहासमा रोचक घटनाका रुपमा आजको दिन सदास्मरणीय हुनेछ । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार आव्हान गर्दा दुईजना प्रतिनिधि सभा सदस्यले बहुमतको दाबी प्रस्तुत गरे । त्यो पनि हस्ताक्षरसहित ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गर्दा पार्टीका तर्फबाट हस्ताक्षर गरे । जनता समाजवादी पार्टीका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले संयुक्त हस्ताक्षर गरेको प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन् । रिमालले एमालेका १२१ र जसपाको ३२ गरी १५३ सांसदको समर्थन ओलीलाई रहेको उल्लेख गरेका छन् ।

रोचक पक्ष यो छ कि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एमाले र जसपाको सांसदहरुको हस्ताक्षर पुगेर बहुमत सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीको दाबी पत्र बुझाउन राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । उनले १४९ प्रतिनिधि सभा सदस्यको हस्ताक्षरसहित पत्र बुझाएका हुन् । हस्ताक्षरमा काँग्रेस र माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्यबारे कुनै विवाद छैन । तर, ओलीको दाबीले एमाले र जसपाको सांसदहरुको हस्ताक्षरलाई विवादमा पारिदिएको छ ।

एमालेका केही सांसदले आफूहरुको हस्ताक्षर माधव नेपालले दुरुपयोग गरेको प्रतिक्रिया दिइसकेका छन् । जसपाका १७ सांसदको हस्ताक्षर रहेको भनिएको छ । जबकि अध्यक्ष महन्थ ठाकुर र संसदीय दलको नेता बनाइएका राजेन्द्र महतोले हस्ताक्षर गरेर पार्टी संसदीय दलको साथ ओलीलाई रहेको दाबी गरेका छन् ।

ओली र देउवा दुवैको दाबी पुगेपछि राष्ट्रपति भण्डारीले कुनलाई सदर गर्ने हुन् रु चासोको विषय बनेको छ । उनले दलीय हिसाबले निर्णय लिने हुन् या प्रतिनिधि सभा सांसदको हिसाबले निर्णय लिने हुन् रु चाँडै निक्र्यौल हुन सक्छ ।

विश्वस्त स्रोतका अनुसार फेरि ओलीलाई नै बहुमत पुगेको भन्ने आधारमा प्रधानमन्त्री बनाइनसक्छन् । यसको तयारी शितलनिवासले गरिसकेको बुझिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ६ जेठको साँझ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार गठनका लागि प्रतिनिधि सभाका सदस्यहरुलाई आव्हान गरेकी थिइन् । उनले आज साँझ ५ बजेको समयसीमा तोकेर सरकार गठनको आव्हान गरेकी थिइन् । जुन समय सकिदैछ । reportersnepal

Previous Post

बहुमत सांसदको हस्ताक्षर बुझाएर शीतल निवासबाट बाहिरिँदै विपक्षी

Next Post

मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

Next Post

मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal