Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सरकार, एउटा बेड पाऊँ, प्लिज !

Public Dristi by Public Dristi
मे 18, 2021
in विचार
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । कोरोनाका एक बिरामी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आँगनमा अक्सिजन लिँदै छटपटाइरहेका थिए। मैले तस्बिर खिच्ने क्रममा लेन्स घुमाउँदै गर्दा ती बिरामीले हातको इसाराले आफूतिरै बोलाए।

म दोधारमा परेँ– जाऊँ कि नजाऊँ रु कोरोना महामारीको यो डरलाग्दो क्षण म कसरी जाऊँ रु जो कोरोना संक्रमणपछि अक्सिजन पाए पनि बेड नपाएर अस्पताल बाहिरै छटपटाइ रहेका छन्।

सोचेँ– जान्नँ। ज्यानभन्दा ठूलो केही छैन।ती बिरामीले फेरि हातले इसारा गरेर बोलाए।मेरा पाइला अन्ततः बिरामी भएतिरै बढे। उनले समस्या बताउन थाले। मैले भौतिक दूरी कायम गरेर भिडियो खिच्न थालेँ। तर, अक्सिजनको एकोहोरो आवाजले राम्रो सुनिएन।

उनले नजिकै मोबाइलमा रेकर्ड गरेर मलाई सुनाउन चाहे। तर, बोल्न गाह्रो भयो। तब उनले आफ्नो सहयोगीका रूपमा अस्पताल आएका छिमेकी सेख नजमुल हुदालाई इसारा गरे। हुदाले एकान्तमा लगेर बेली विस्तार लगाए।

हुदाका अनुसार कोरोना संक्रमित योगेश केसी रहेछन्। केसी काठमाडौं महानगरपालिका वडा नम्बर १५ मा काम गर्छन्। नेपाल सफाइ श्रमिक संघका अध्यक्षसमेत रहेका केसीलाई महानगरमा काम गर्दागर्दै संक्रमण भयो।

उनले भनसुन गर्दा पनि कुनै अस्पतालमा बेड पाएका छैनन्। अक्सिजन नहुँदा सास फेर्न गाह्रो भएपछि सोमबारै टेकु अस्पताल आएका रहेछन्।

कुराकानीकै क्रममा उनका छोरासँग पनि भेट भयो। उनले भने, ‘मेरा बुवाले महानगरमा काम गर्दागर्दै घरमा कोरोना रोग ल्याउनुभयो। हामी परिवारका सदस्य सबै नौ जना नै संक्रमित छौं। मलाई अझै कोरोना निको भएको छैन। परिवार अनि बुवालाई बचाउन सकि नसकि हिँडिरहेको छु।’

उनका अनुसार केसी अरूलाई पीरमर्कामा सहयोग गर्थे। ‘साथीहरूको समस्या सुन्दासुन्दै आज उहाँ आफैं संक्रमित हुनुभएको छ। हामीलाई पर्दा कसैले हेरेनन्’, उनले भने, ‘महानगरपालिकमा मेरा बुवाको राम्रो चिनजान छ। स्वयम्भू क्षेत्रमा सबैले चिन्छन्। राम्रो काम गरेको भनेर सबैले प्रशंसा पनि गरेको सुनिन्छ। तर, आज आपत् पर्दा महानगरका पदाधिकारीहरू कसैले वास्ता गर्दैनन्।’ अन्नपूर्ण

Previous Post

प्रचण्डको निर्वाचन क्षेत्रमा देशकै ठूलो २ वटा कवर्डहल बनाउदै ओलि सरकार

Next Post

शक्तिशाली चक्रवात को असर नेपालमा ५ दिन पर्ने

Next Post

शक्तिशाली चक्रवात को असर नेपालमा ५ दिन पर्ने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal