👨❤️💋👨👨❤️💋👨👨❤️💋👨👨❤️💋👨गजल👩❤️💋👨👩❤️💋👨👩❤️💋👨👩❤️💋👨
मनमा रहुन्जेल तिमी यो नजरमा रहुन्जेल।
संगै हुन पाउँ जीवनको सफरमा रहुन्जेल॥
भो मन्दिर जान पर्दैन खाली खुट्टा हिडेर।
बुढा बा आमा जबसम्म घरमा रहुन्जेल॥
मान्छेले टाढैबाट हात हल्लाउदै फर्किन्छ।
अभाव ढोकामा दुस्ख खप्परमा रहुन्जेल॥
घाटमा पुगेपछी जिवनको हतार सकिन्छ।
बाकी यस्तै त हो पापी शहरमा रहुन्जेल॥
सागर भेट्नुछ भने नदिमा हाम फाल्नुस्।
दुनियाँले कुल्चिनेछन् बगरमा रहुन्जेल॥
खगेन्द्र अनुरागी
अछाम


Discussion about this post