Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

जाजरकोटको दमदालाको पूरै गाउँमा रुघाखोकी र ज्वरोका बिरामी

Public Dristi by Public Dristi
मे 16, 2021
in स्थानीय
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

जाजरकोट स् जाजरकोटको कुशे गाउँपालिका ५ दमदालामा अधिकांश मानिस बिरामी परेका छन् । ज्वरो आउने, रुघाखोकी, छाती दुख्नेलगायतका लक्षणसहित स्थानीय थला परेका हुन् ।

गाउँभरी ज्वरो र रुघाखोकीका बिरामी लखतरान परेको स्थानीय कमल थापाले बताए । दमदालामा मात्र ८० घरधुरी छन् । उनले भने, ु पुरै गाँउ ज्वरो, रुघाखोकीले थला परेको छ । कहाँ छ स्थानीय सरकार । खोइ कोभिड–१९ चेक, खोइ उपचारमा सहयोग ।’

कोरोनाको जस्तै लक्षण देखिएकाले स्थानीय त्रसित रहेको उनको भनाइ छ । सामान्य ज्वरो, रुघाखोकी र टाउको नदुख्ने समस्या नभएको कोही छैन । बच्चा देखि वृद्धवृद्धा सबै प्रभावित भएको थापाले बताए ।

उनले स्थानीय सरकारले उपचारमा सहयोग नगरेको गुनासो गरे । घरघरै बिरामी छन् । बिरामी नहुने घरै छैन। सबै थला परेका छन् अर्का स्थानीय निर्मला थापाले बताइन्।

उता गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले आइतबार मात्र किट आइपुगेकाले स्वास्थ्यकर्मीसहितको टोली परीक्षण तथा उपचारका लागि सोमबार त्यहाँ जाने बताए । प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले दमदालामा गाउँभरी ज्वरो र रुघाखोकीले थला परेको भन्ने सूचना आएको बताउँदै कोरोना हो कि अन्य भाइरल रोग हो छिटै पहिचान गर्ने व्यवस्था मिलाइने बताए ।

Previous Post

मंगलसेनद्धारा कमलबजार पिसिआर प्रयोगशालालाई थप ५ लाख सहयोग

Next Post

संगै हुन पाउँ जीवनको सफरमा रहुन्जेल- खगेन्द्र अनुरागी

Next Post

संगै हुन पाउँ जीवनको सफरमा रहुन्जेल- खगेन्द्र अनुरागी

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal