Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सर्वपक्षीय बैठकका मुख्य निर्णय

Public Dristi by Public Dristi
मे 16, 2021
in राजनीति
1
0
1
SHARES
1
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट संक्रमित नागरिकको उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य उपकरणको तत्काल व्यवस्थापन गर्न निर्देशन दिएका छन् । विभिन्न मन्त्री, अस्पतालका सञ्चालक, चिकित्सक, विज्ञ, अक्सिजन उत्पादक, वितरक, निजी क्षेत्र र सरकारी निकायसँग शनिबार बालुवाटारमा विशेष छलफल आयोजना गर्दै उनले मानव जीवन रक्षाका लागि तीव्र रफ्तारमा काम गर्न निर्देशन दिएका हुन् ।

कोरोनाको दोस्रो भेरियन्ट संक्रमणका सन्दर्भमा आयोजित विशेष छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यसको नियन्त्रणका लागि सरकारले चालेका कदमका विषयमा जानकारी दिंदै विभिन्न निकायले गर्नुपर्ने कामबारे पनि निर्देशन दिएका छन् ।

तत्कालको काम अक्सिजन आपूर्ति
प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षाका लागि आवश्यक अक्सिजन आपूर्ति, उत्पादन र वितरणमा लाग्न निर्देशन दिएका छन् । घरघरमा अक्सिजनको सिलिण्डिर राख्ने र अस्पतालमा अक्सिजन अभाव हुने गरेकोप्रति लक्षित गर्दै उनले त्यसका लागि आवश्यक सचेतना आवश्यक रहेको पनि उनले बताए ।

‘सुरक्षाका मापदण्ड नअपनाउने, कोभिड लाग्छ भनेर अक्सिजन घरमै लगेर राख्ने प्रवृत्ति बढेको छ, यसले अस्पतालको विरामीलाई पनि बचाउन सक्दैन र घरमा राखेको अक्सिजनले पनि काम गर्दैन’ प्रधानमन्त्री ओलीले भने, ‘यस कुरामा जनचेतना जगाउनु आवश्यक देखियो ।’

सरकारले तत्काल गर्ने कामको रुपमा अहिले अक्सिजन आपूर्ति, उत्पादन र वितरणलाई लिएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले सरकारको प्रथमिकता प्रस्तुत गर्र्दै भने, ‘अक्सिजन खरिद र वितरणका लागि तत्काल के–के गर्नुपर्छ गर्ने, निजी अस्पतालमा बढेको नाफाखोर प्रवृत्ति हटाउने, भेन्टिलेटर अपुग भए तत्काल मगाएर त्यसको पूर्ति गर्ने काम गर्नुप¥यो । मानवीय संकटको बेला ३५ दिने सूचना पर्खेर बसे नागरिकको ज्यान जान्छ ।’

विरामीलाई खोजेको औषधि र अन्य उपचार सामग्री नपाएर मर्छु भन्ने मनोविज्ञानबाट समेत मुक्त गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । ‘विरामीले मैले खोजेको औषधि पाउँदिनँ, अक्सिजन पाउँदिनँ भन्ने सोच्नु नपरोस्’ प्रधानमन्त्रीले भने, ‘तत्काल उपलब्धता र सुलभताका लागि तपाईंहरु सबैको सक्रियता आवश्यक छ ।’

अफवाह फैलाएर भयाभह नबनाऔं
प्रधानमन्त्री ओलीले मानवीय संकटका बेला तत्काल आवश्यक सामग्री खरिद गर्दा अफवाह फैलाएर जे कुरामा पनि भ्रष्टाचार नै हुन्छ भन्ने स्थायी प्रचारले काम गरिरहेकाको मनोवल गिर्नेतर्फ सचेत रहन पनि आग्रह गरे । ‘भ्रष्टाचार भयो भने क्षम्य हुँदैन, तर मानव संकटलाई राजनीतिकरण गर्न स्थायी रुपमा भ्रष्टाचारको अफवाह फैलाएर महामारीसँग अग्रमोर्चामा लडिरहेकालाई थप पिडा दिने, बदनाम गर्ने र कामबाट निरुत्साहित गर्ने प्रवृत्ति छ’ प्रधानमन्त्री ओलीले भने, ‘मानवीय रक्षाको लागि गरेका प्रयासलाई विकृत रुपमा ब्याख्या गर्ने पेशा नै भएकासँग सजग रहेर महामारीबाट जनतालाई वचाउनु पर्दछ ।’

प्रधानमन्त्री ओलीले विज्ञलाई आफूले प्रयोग गर्ने धारणा परिवर्तन गर्न सुझाव दिएका छन् । ‘हाम्रो स्वास्थ्य प्रणाली नै समाप्त भयो भन्नेजस्ता शब्व प्रयोग नगरौं, महामारीलाई धान्ने प्रणाली अपुग भएको हो, समाप्त भएको होइन’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘हामीसँग यसअघि नभएका प्रणालीलाई पनि हामीले यसबीचमा विस्तार गरेका छौं, त्यसैले प्रणाली समाप्त भएको होइन् ।’

महामारीलाई राजनीति लाभको विषय नबनाऔं
विश्वब्यापी रुपमा आएको महामारी सबैको साझा समस्या भएको वताउँदै प्रधानमन्त्री ओलीले यसका विरुद्ध मिलेर सामना गर्नुपर्ने बताए । उनले राजनीतिक विपक्षीले सरकारले कामै गरेन भनेर महामारीबाट लाभ लिने प्रयास गरेको पनि बताए । ‘हाम्रा विपक्षीले भनेजस्तो सरकारले केही नगरेको होइन, सरकारले गरेको छ, गर्छ र गर्नेछ’ प्रधानमन्त्री ओलीले भने, ‘सिमसिम पानीमा छाता ओढेर ओत लागेजस्तो आँधी आउँदा छाताले थेग्दैन । त्यस्तै भएको हो ।’

छलफलमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० र स्वास्थ्य मन्त्रालयका तर्फबाट अहिले भएका कामबारे प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । उपत्यकाका विभिन्न अस्पतालका सञ्चालक, अक्सिजन उत्पादक र वितरकले आ–आफ्नो तर्फबाट महामारी नियन्त्रण प्रभावकारी बनाउनेबारे सुझाव समेत दिएका छन् ।

Previous Post

अछाममा निषेधाज्ञा १० दिन थपियो

Next Post

छोरीको शव आफ्नो काँधमा बोकेर चिहान खोज्दै हिडेका बाबु

Next Post

छोरीको शव आफ्नो काँधमा बोकेर चिहान खोज्दै हिडेका बाबु

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal