Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

राजनीतिक दलहरूमा कम विश्वास

Public Dristi by Public Dristi
मे 11, 2023
in स्तानिय समचार
8
0
6
SHARES
9
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुदूरपश्चिममा विवाद समाधानका लागि निर्वाचित वडा अध्यक्ष वा सदस्यहरू, प्रहरी, नगर/गाउँपालिकाका प्रमुखहरूप्रति विश्वास बढेको पाइएको छ। जग्गा विवादमा सुदूरपश्चिमका जनताले वडा अध्यक्ष, सदस्य, जिल्ला अदालत र प्रहरीको सहयोग लिन रुचाएको पाइएको छ।

यस्तै, उधारो वा ऋणको विवादमा प्रहरी, वडा अध्यक्ष र सदस्य तथा न्यायिक समिति र जिल्ला अदालत जना रुचाएका छन्। सर्वेक्षण नतिजाले स्थानीय सरकारप्रति सर्वसाधारणको विश्वास बढिरहेको देखाएको छ। सर्वेक्षणमा सहभागी उत्तरदातामध्ये ८४ प्रतिशतले स्थानीय तहलाई विभिन्न विषय वा अवस्थामा विश्वास गर्ने बताएका छन्।

तर, सुदूरपश्चिमका सबैभन्दा बढी उत्तरदाताले राजनीतिक दलहरूलाई कम  विश्वासयोग्य संस्थाको रुपमा लिएका छन्। केवल ४९ प्रतिशतले मात्रै राजनीतिक दलहरूमा विश्वास भएको बताएका छन्। प्रदेश सरकार र राजनीतिक दलहरूप्रति विश्वास जगाउने काम गर्न नसक्नु चुनौतीको विषय भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए। ‘आशा जगाउन नसक्ने हो भने, त्यो वातावरण निर्माण गर्न नसक्ने हो भने हामीले के गर्ने? यो हाम्रा लागि ठुलो चुनौतीको विषय हो,’ उनले भने, ‘हामीले सर्वसाधारणलाई आशावादी बनाउन सक्नुपर्छ।’

सन् २०२२ मा २२ दशमदव ६ प्रतिशत उत्तरदाताहरूले उनीहरूको स्थानीय स्थानीय पालिकाको आर्थिक अवस्था सुधार हुँदै गएको बताएका छन् भने ७४ दशमलव ७ प्रतिशतले चाहिँ न सुधार भएको, न त बिग्रेको बताएका छन्। पूर्वाधारको अवस्था राम्रो हुनु, खानेपानीको आपूर्तिमा सुधार हुनु, गाउँ तथा नगरपालिकामा बजेट बढ्दै जानु, जस्ता कारणलाई धेरै उत्तरदाताले आफ्नो स्थानीय पालिकाको आर्थिक अवस्थामा सुधार आउनुको कारण मानेका छन्।

Previous Post

सुविच्छा कटेज र बेली युवा क्लब भजहर कपको फाइनलमा

Next Post

जनताको जनप्रतिनिधि बन्ने प्रयत्न शिक्षा लाई प्राथमिकता दिने आगामी रणनीति-अध्यक्ष रावल

Next Post

जनताको जनप्रतिनिधि बन्ने प्रयत्न शिक्षा लाई प्राथमिकता दिने आगामी रणनीति-अध्यक्ष रावल

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal