Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

निषेधाज्ञा घोाषणाले कोरोना संक्रमणको जोखिम झनै बढ्यो

Public Dristi by Public Dristi
अप्रिल 28, 2021
in विशेष
4
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू हुनुपूर्व घर फर्कनका लागि दिइएको दुई दिनको समयले कोरोना संक्रमणकोदर झनै बढाउने देखिएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

निषेधाज्ञा लागू हुनुपूर्व घर फर्कनका लागि भएको भिडभाडका कारण संक्रमणको दर बढ्ने भन्दै चिन्ता व्यक्त गरिएको हो ।सरकारले हिजो आगामी बिहीबारदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी हुने घोषणा गरेलगत्तै घर फर्कनेहरुको घुइँचो लागेको छ ।

यसरी ठेलमठेल भएर घर फर्कने क्रम सुरु भएपछि संक्रमणको जोखिम निकै बढाएको जनस्वास्थ्यविद डा। रवीन्द्र पाण्डेले बताउनुभयो ।

संक्रमणको दर उकालो लाग्ने क्रम सुरु हुनेबित्तिकै पर्याप्त समय दिएर व्यवस्थित रुपमा नागरिकहरुलाई घर फर्काउनुको साटो अन्तिम अवस्थामा सरकारले हतारमा लतारको काम गरेर जोखिम बढाएको उहाँको आरोप छ ।

सरकारले बिहीबारदेखि निषेधाज्ञा लागू हुने घोषणा गरेको भोलिपल्ट आज मात्रै ५० हजार भन्दा धेरै मानिसहरुले काठमाडौँ छाडेका छन् ।

निषेधाज्ञा लम्बिएपछि काठमाडौँमा भोकै परिने त्रासले हजारौँ मानिसहरु आफ्नै गाउँतिर कुलेलम ठोकेका हुन् ।

तर सार्वजनिक यातायातमा जनस्वास्थ्य मापदण्ड पालना नगरिएकाले संक्रमणको जोखिम उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा। बाबुराम मरासिनीले बताउनुभयो ।

नयाँ प्रजातिको कोरोना भाइरसमा तीव्र गतिमा फैलिने क्षमता भएकाले जोखिम अझ बढेको उहाँको भनाई छ ।

विज्ञहरुले क्षमता भन्दा धेरै मानिसहरु खाँदिएर सुरु भएको बसको यात्राले एक त स्वस्थ रहेका व्यक्तिहरुलाई बाटोमै संक्रमण हुने र अर्को उनीहरु गाउँ पुगेसँगै गाउँमा पनि संक्रमणको जालो फैलिने खतरा देखेका छन् ।

त्यसैले घर पुगिसकेपछि कम्तीमा १४ दिन सेल्फ क्वारिन्टिनमा बस्न डा। पाण्डेले सुझाव दिनुभयो ।सरकारले घर फर्कनका लागि दुई दिनको समय दिएको तर यात्राका बेला अपनाउनपर्ने सावधानीका लागि कुनै प्रयास नगरेको आरोप विज्ञहरुको छ ।

अहिले गाउँ जानेहरुलाई स्थानीय तहसँगको सहकार्यमा क्वारिन्टिनमा राख्न सके संक्रममणको चेन केही हदसम्म तोड्न सकिने जनस्वास्थ्यविद मरासिनीको दाबी छ ।उहाँले प्लेग रोग फैलिएपछि मल्ल राज्यहरुमा स्वस्थ व्यक्तिहरुलाई मात्रै प्रवेश दिएर संक्रमण नियन्त्रणमा लिइएको उदाहरण सुनाउँदै अहिले पनि क्वारिन्टिनको वैज्ञानिक व्यवस्थापन गरिनुपर्ने सुझाव दिनुभयो ।

यसैबीच नेपालमा पछिल्लो चौबिस घण्टामा चार हजार पाँच सय २४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा थप १८ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार २ सय २५ पुगेको मन्त्रालयले जनाएको छ ।कोरोना संक्रमणबाट जोगिन मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भीडभाड नगर्ने लगायतका जनस्वास्थ्य मापदण्डको पालना गर्नमा लापर्वाही नगरौँ

Previous Post

धनगढीका एक जना स्वास्थ्यकर्मीको मृत्यु

Next Post

धनगढीले काठमाण्डाैलाई- हरायाे नेपाल सुपर लिग

Next Post

धनगढीले काठमाण्डाैलाई- हरायाे नेपाल सुपर लिग

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal