Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

यस्तो हुनेछ आजको दिन, कुन राशिलाई कस्तो

Public Dristi by Public Dristi
अप्रिल 26, 2021
in सूचना प्रविधि
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

२०७८ वैशाख १३ गते, साेमवार, २६ अप्रिल २०२१। चैत्र शुक्लपक्ष, चतुर्दशी तिथि (१२ः१५ बजेदेखि पूर्णिमा)। चित्रा नक्षत्र। चन्द्रराशि– कन्या

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धा, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। दिउँसोदेखि प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। परिवारमा केही असमझदारी बढ्न सक्छ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बुद्धिको उपयोगले लक्ष्यमा पुगिनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा प्रगतिका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिउँसोदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ।काममा प्रतिस्पर्धाको माहोल बन्नेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ। आफ्ना मालमत्ता तथा सम्पत्तिमा अरूले दाबी गर्न सक्छन्। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। नयाँ कामलाई मध्याह्नपछिको साइत उपयुक्त हुनेछ। अध्ययनमा उचाइको बाटो समाउन सकिनेछ। मिहिनेतले नयाँ कामतर्फ अग्रसर भइनेछ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। मध्याह्नदेखि आफन्तमा असमझदारी बढ्न सक्छ। चिताएका काम समयमा गर्न नसकिएला। आफन्तजनको विश्वास गुम्न सक्छ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला। तापनि, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। दिउँसोतिर रोकिएका काम बन्नेछन् भने उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। केही विवादास्पद काम गनुर्परे पनि दिन रमाइलो रहनेछ।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा बिहानै प्रतिफल हातपार्न सकिनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। दिउँसोतिर हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। तापनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। पाहुनाहरूको सत्कार र खानपानमा समय बित्न सक्छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मध्याह्नपछि आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। शुभचिन्तकहरू समेत टाढिएलान्। मिहिनेतको प्रतिफल जोगाउन अलि चनाखो रहनुपर्नेछ। अवसरको खोजीमा केही दौडधुप समेत गर्नुपर्ला।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। कीर्तिमानी काम गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। दिउँसोदेखि विशेष धनलाभ हुन सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। व्यापार, भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अस्वस्थताले काममा समय दिन नसकिएला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्य कमजोर रहनेछ भने चिताएको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि मध्याह्नदेखि केही काम बन्नेछन्। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

Previous Post

त्रिदेशीय सिरिज जितेको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले यसो भने !

Next Post

तीन साता लकडाउन गर्न सिफारिस

Next Post

तीन साता लकडाउन गर्न सिफारिस

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal