Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

आजदेखि कुन कुन देशबाट नेपाल आउन पाइँदैन

Public Dristi by Public Dristi
अप्रिल 23, 2021
in समाज
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाण्डौ – सरकारले शुक्रबार रातिदेखि कोरोना सङ्क्रमित खाडीका ६ देश, मलेसिया, दक्षिण कोरिया, जापान तथा यूरोपका देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ । साथै यी देशमा ट्रान्जिट भएर पनि नेपाल आउन पाइने छैन । विदेशी नागरिकसँगै नेपाली नागरिक पनि यी देशबाट नेपाल आउन पाउने छैनन् ।

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले यूरोपका ४४ देश, खाडीका ६ देश, इरान, मलेसिया, दक्षिण कोरिया, टर्की र जापानका साथै यी देशमा ट्रान्जिट भएर नेपाल आउन रोक लगाएको हो ।

सरकारको यो निर्णयसँगै अब काठमाडौंसँग प्रत्यक्ष उडान भएका कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, मलेसिया, दक्षिण कोरिया, टर्की, ओमन र जापानका उडान रोकिने छन् । त्यहाँबाट आउन नपाउने भएपछि ती देशबाट जहाज आउन पाउने छैनन् ।

यसअघि कतारले नेपालीलाई प्रवेशमा रोक लगाए पनि दोहा काठमाण्डौ उडान भइरहेको थियो । दोहा ट्रान्जिट भएर अन्य देशमा जाने र आउने यात्रुहरु पनि थिए ।
सरकारले रोक नलगाएका देश जस्तै अमेरिका, अस्टे«लिया लगायतका देशबाट आउनेले पनि कतारसहित खाडीका अरु देश र मलेसियामा ट्रान्जिट हुँदै नेपाल आउन पाउने छैनन् ।

सरकारले प्रतिबन्ध नलगाएको देशबाट भारतको नयाँ दिल्ली, सिंगापुर, हङकङ, बैंकक र चीनको ग्वाङजाउबाट भने नेपाल आउन पाइनेछ । अर्थात तपाईँ अमेरिका, अस्टे«लियाबाट चीन, बैंकक, हङ्कङ वा सिंगापुर ट्रान्जिट बनाएर नेपाल आउन पाउनुहुनेछ ।

तर प्रतिबन्धित देशमा रहेका नेपाली वा अन्य नागरिक भने यी ठाउँलाई ट्रान्जिट बनाएर पनि आउन पाउने छैनन् ।

शुक्रबार राति १२ बजेसम्म काठमाण्डौं अवतरण गरिसक्ने उडानको टिकट भएका यात्रुहरु चाहिँ प्रतिबन्ध लगाइएका देशबाट वा ट्रान्जिट हुँदै नेपाल आउन पाउनेछन् । यो प्रतिबन्ध अप्रिल १२ अर्थात आउँदो चैत ३० गतेसम्म लागू हुनेछ । उज्यालो

Previous Post

रासायनिक मल कारखाना सञ्चालनमा ल्याइँदै कञ्चनपुरमा-अछाम टूडे

Next Post

भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

Next Post

भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal