बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय बाशुदेव जोशीको हत्या संलग्न दुई जना आरोपित पक्राउ परेका छन्।
हत्या आरोपमा दोगडाकेदार गाउँपालिका–८ तोलीका मन्दिरे भनिने २४ वर्षीय महेन्द्र बिष्ट र कट्टेधारकी २८ वर्षीया धनमती भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रेम शाहीले बताए। महिलालाई आइतबार र विष्टलाई आज घरबाटै पक्राउ गरिएको उनले बताए।
ढोकामा बाहिरबाट ताला लगाएर बिष्टलाई भित्र लुकाइएको थियो। शनिबार राति धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको थियो। मृतक जोशीका दाई पुष्पराज जोशीले ज्यान सम्बन्धि कसुरमा बिष्ट र भण्डारीविरुद्ध किटानी जाहेरी दिएका थिए। मृतक जोशीको शव जिल्ला अस्पताल बैतडीमा परीक्षणपछि आफन्तलाई बुझाइएको छ। आजै आफन्तहरुले अन्तिम संस्कार गरेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Discussion about this post