Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

काठमाडौं महानगर–संघीय सरकार टकराव : सिंहदरबारमा फोहोरको डंगुर

Public Dristi by Public Dristi
अप्रिल 11, 2023
in समाज
7
0
5
SHARES
8
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । सिंहदरबार परिसरबाट तीन दिनयता फोहोर उठ्न सकेको छैन । दैनिक जम्मा हुने झन्डै पाँच टन (सात घनमिटर) फोहोर नउठ्दा त्यहाँ दुर्गन्ध बढ्न थालेको छ ।

फोहोरमैला व्यवस्थापन संघ नेपालका महासचिव तथा परिवर्तन सेवा प्रालिका अध्यक्ष मित्र घिमिरेका अनुसार महानगरका मेयर बालेन्द्र (बालेन) साहले शुक्रबार साँझ टेलिफोन गरेर शनिबारदेखि सिंहदरबार, राष्ट्रपति निवास तथा प्रधानमन्त्री निवास बालुवाटारमा फोहोर नउठाउन कडा निर्देशन दिएका थिए। ‘फोहोर उठाए लाइसेन्स नै खारेज गर्छु भन्ने चेतावनी दिनुभएको छ,’ घिमिरेले भने, ‘त्यसैले हामीले ती तीन निकायमा फोहोर उठाउन बन्द गरेका हौं ।’

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले सिंहदबार, शीतल निवास, मन्त्री क्वार्टर तथा प्रधानन्यायाधीशको क्वार्टरमा फोहोर उठाउन परिवर्तन सेवा नेपाललाई जिम्मेवारी दिएको छ । यसका लागि संघीय सरकारले मासिक साढे ५ लाख बुझाउँदै आएको छ । तीन दिनदेखि फोहोर उठाउने परिवर्तन सेवा प्रालिका टिपरहरू सिंहदरबार, बालुवाटार र शीतल निवासमा प्रवेश गरेका छैनन् ।

यसबाट संघीय सरकार र महानगरबीच झगडा बढ्दै गएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले संघीय सरकारले आफूहरूसँग वार्ता सुरु नगरेसम्म सिंहदबार, शीतल निवास तथा बालुवाटारमा फोहोर नउठ्ने बताए । संघीय सरकार भने फोहोर नउठाउने महानगरको निर्णयप्रति रुष्ट बनेको छ ।

Previous Post

मिटरब्याज पीडित र गृह मन्त्रालयबीच आज पनि वार्ता हुने

Next Post

अछाम जिल्लाकाे बन्दले धनगढी बाट बाजुरा आउने यात्रुहरूलाई समस्या

Next Post

अछाम जिल्लाकाे बन्दले धनगढी बाट बाजुरा आउने यात्रुहरूलाई समस्या

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal