अछाम जिल्लाको ढकारी गाउँ पालिकामा वडा नं८ देबकोट मा महायज्ञ हुने भयको छ । देबकोटा बन्दु समाज अछाम को आयोजना मा हुने महायज्ञ मा पन्डित नारायण हरि शर्मा घोडासैनीको प्रमुख प्रबचन हुने भएको छ।

महायज्ञ मा देश भरिका देबकोटाहरुको उपस्थिति रहने प्रचारप्रसार समिती ले जनाएको छ। देबकोटा को उद्गम स्थल देबकोट लाई चिनाउन का र आफ्नो उद्गम स्थल कहाँ भन्ने देश भरिका देबकोटा मा रहेको भ्रम फैलावट को अन्त्य गर्नका लागि मुख्य तया यो महायज्ञ को विशेष आयोजना गरिएको देबकोटा बन्दु समाज अछाम आयोजक ले जनाएको छ।

धेरै सहभागीको चासोको विषय रहेको देवकोटाको संस्कृति, बंश परम्परा, कुलपूजा लगायतका विषयमा कुनै चर्चा परिचर्चा नभयको र अब इतिहासकै पहिलो महायज्ञ को आयोजना गरेर देबकोटा बन्दु लाई एकता मा ल्याउन ठूलो सहयोग पुग्ने छ ।
महायज्ञ एहि जेष्ट ३ गते देखि ९ गते सम्म चल्ने जनाइएको छ।


Discussion about this post