Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

भारतीय एसएसबीको दादागिरी, कञ्चनपुरमा चार नेपालीमाथि निर्घात कुटपिट

Public Dristi by Public Dristi
अप्रिल 3, 2023
in प्रदेश
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली नागरिकमाथि निर्घात कुटपिट गरेको छ। एसएसबीले कञ्चनपुरका चार नेपाली युवकमाथि कुटपिट गरेको हो। उत्तराखण्डस्थित वनबासा पुलवारी रहेका एसएसबीले गएराति भीमदत्त नगरपालिका–१० गड्डाचौकीका सुरेन्द्र कार्की, रमेश गिरी तथा भीमदत्त–५ का रतन ठगुराठी र गोबिन्दप्रसाद जैसी (डब्लु)लाई कुटपिट गरेका हुन्।

राति आवतजावत बन्द भएपछि आएको भन्दै उनीहरुलाई एसएसबीले अमानवीय ढङ्गबाट कुटपिट गरेको हो। एसएसबीबाट कुटिएका सुरेन्द्र कार्कीले आफन्त ल्याउन बनबासा जाने क्रममा एसएसबीका जवानले कुटपिट गरेको बताए। ‘भारतबाट नेपाल आफन्त आउन लागेका थिए,’ उनले भने, ‘उनीहरुलाई ल्याउन म त्यहाँ जाँदै थिए, एसएसबी क्याम्प भन्दा ३०/४० मिटर वर नै रोकेर ब्यारेल बन्द भयो, जान पाइँदैन भनेर रोक्यो, जाने नै भए उता सा’बलाई सोधेर आउ भन्यो।

सोध्न जाँदै थिएँ लाठी र पैनाले कुटपिट गरे।’ कार्कीले आफूसंगै रहेका अन्य तीन नेपालीलाई पनि एसएसबीले कुटपिट गरेको तर, उनीहरुलाई आफूले नचिनेको बताए। छिमेकी मुलुकका सीमा सुरक्षा बलबाट नेपाली नागरिकमाथि निर्घात कुटपिट हुनु मानवअधिकारको समेत उल्लंघन भएको स्थानीय युवाहरुले भत्र्सना गरेका छन्।

स्थानीय युवा भुपेन्द्रसिंह क्षेत्रीले एसएसबीबाट बिना कारण नेपाली नागरिकमाथि मरणासन्न हुने गरी कुटपिट कार्य निन्दनीय भएको बताए। ‘कुटपिट गर्नेमाथि कार्बाही गर्नुपर्छ,’ उनले भने, ‘यो सरासर छिमेकी मुलुकका एसएसबीको नेपालीमाथि हेपाहा प्रवृत्ति हो।’ स्थानीय सशस्त्र प्रहरीका अधिकारीले घटनालगत्तै एसएसबीसँग जानकारी लिएको र एसएसबीबाट अब उपरान्त यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता आएको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रकाश डाँगीले यस विषयमा थप बुझ्ने बताए। ‘यो घटना नेपाली भूमिमा घटेको होइन,’ उनले भने, ‘घटनाबारे सरोकारवाला दुवै पक्षसंग बुझेर सहजीकरण गर्छौँ।’ २३ फागुन २०७३ मा बेलौरी नगरपालिका–१० भुडाका स्थानीय मजदुर कृष्ण रानालाई कुटपिट पनि कुटपिट गरिएको थियो।

त्यस्तै २६ फागुन २०७३ मा गोली प्रहार गरी पुनर्वास नगरपालिका– ४, का गोविन्द गौतमको हत्या नै गरिएको थियो। १० चैत २०७३ मा भीमदत्त नगरपालिका–९, ब्रह्मदेवका स्थानीय प्रेमसिंह नायक, केशवसिंह नायक, वीरसिंह ठगुन्ना, ठगुन्नाकी धर्मपत्नी कलापति ठगुन्ना र उनका छोरा हिक्मतसिंह ठगुन्नालाई कुटपिट गरिएको थियो।

२०७५ बैशाखमा पुनर्वास नगरपालिका–९, बीचफाँटामा लगाएको तारबार उखेलिदिएको थियो। नेपालको प्यारातालमा नेपाल पक्षबाट ठेक्का दिँदासमेत भारतीय वन विभागले एसएसबीको आडमा आधा माछा लिने गरेको छ। जेठ २०७५ पहिलो साता बेलौरी नगरपालिका– १०, भुडाका स्थानीय किसान खेमराज पन्तलाई खेती लगाउनबाट रोकेको थियो।

९ असार २०७५ मा हतियारसहित आएका एसएसबीले पुनर्वास नगरपालिका–८ पचुईमा हुलाकी सडक निर्माणमा अवरोध गरेर त्यसयता चारपटक आएर हुलाकी सडकको काम अगाडि नबढाउन धम्की नै दिइएको छ। त्यस्तै चैत २०७६ भीमदत्त नगरपालिका–९, ब्रह्मदेवमा मुक्तहलियाका चार परिवारको घर निर्माण गर्दा भारतीय एसएसबीले अवरोध गरेको थियो।

त्यस्तै असार २०७७ ब्रह्मदेवमै सिद्धनाथ सामुदायिक वनले आफ्नै क्षेत्रमा वृक्षरोपण गर्दासमेत अवरोध गरेको थियो। एसएसबीका अवरोधकाबिच सामुदायिक वनले वृक्षरोपण गरेको थियो। २०७६ मै त्यहाँ नेपालतर्फको सडक र जेठ ०७८ मा कल्भर्ट निर्माणमा अवरोध गरेको थियो।

त्यस्तै साउन २०७७ हतियारसहित फिल्म शैलीमा आएर हुलाकी सडक अवरोध गरेको थियो। बेलौरी नगरपालिका–१, फटैयाका स्थानीय मानबहादुर सुनार र कर्ण सुनारलाई लालपुर्जा भएको जमिन दुई दशकदेखि उपभोग गर्न दिएको थिएन। भने २०७७ मा बेलौरी–१० मा सडकघाट क्षेत्रमा किसानलाई खेती भित्र्याउन अवरोध गरेको थियो।

Previous Post

धनगढीमा विद्यार्थी कुटपिटमा संलग्न १२ जना पक्राउ

Next Post

बैतडीका तीन युवा ठगिए, फर्जी भिसा देखाएर डेढ लाख झ्वाम

Next Post

बैतडीका तीन युवा ठगिए, फर्जी भिसा देखाएर डेढ लाख झ्वाम

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal