अछाम — पञ्चदेवल बिनायक नगरपालिका–१ कुईका मा वडा स्तरीय बालमैत्री स्थानीय शासन समितिको एक दिने क्षमता विकास तालिम सम्पन्न भएको छ।
बालमैत्री स्थानीय शासन घोषणा प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा आवश्यक सूचकहरूका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै सहभागीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रमका का.बा अध्यक्ष चेतराज उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको तालिममा वडा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, प्रधानाध्यापकहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य चौकी प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
तालिमका क्रममा सहभागीहरूबीच बालमैत्री स्थानीय शासनका सूचकहरू, कार्यान्वयनका चुनौतीहरू तथा आगामी रणनीतिका विषयमा गहन छलफल तथा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमको आयोजना पञ्चदेवल बिनायक नगरपालिका वडा नं. १ कुईकाले गरेको हो भने सहजीकरण आस्था नेपाल का कर्मचारीहरू दिल बहादुर शाही र सुशील बटालाले गर्नुभएको थियो।
कार्यक्रम वडा सहायक धर्मराज ढकालको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन वडा सचिव पवन रावतले गर्नुभएको थियो। यस तालिमले बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक मापदण्ड पूरा गर्न स्थानीय तहका सरोकारवालाहरूबीच समन्वय, सहकार्य तथा प्रतिबद्धतालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।



Discussion about this post