बैतडीः बैतडीमा एक किशोरी बेपत्ता भएकी छिन्। जिल्लाको पाटन नगरपालिका वडा नं ४ जेउड्याकी १५ वर्षिया गोमती लाबड देहिमाण्डौँबाट बेपत्ता भएकी हुन्। यहि चैत १५ गतेबाट छोरी सम्पर्क विहिन भएकी किशोरीका बुवा दिलिप लाबडले जानकारी दिए।
चैत १५ गते बुधबार देहिमाण्डौँ जात्रा जान्छुु भनेर घरबाट हिँडेकी छोरी अहिले सम्म घर नफर्केकी उनले बताए। दुई दिन देखि छोरी सम्पर्क विहिन भएकी भन्दै उनले कसैले देखेमा नजिकको प्रहरी अथवा ९८२२७३४२१३ र ९७४६२७३०८१ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेका छन्।


Discussion about this post