Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अछामका युवालाई चाहेअनुसारको सिप

Public Dristi by Public Dristi
मार्च 26, 2023
in साामााजिक
34
0
26
SHARES
42
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

दिपा भण्डारी, धनगढीः अछामका युवालाई उनीहरुको चाहना अनुसारको सिप सिकाइएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ६ र ७ का युवालाई सिप सिकाइएको हो। उनीहरुलाई व्यवसायीक्ताका लागि सिप सिकाइएको छ। उनीहरुलाई दश दिन तालिम दिइएको आयोजकले बताएको छ।

पाँच दिने सिपमुलक र पाँच दिने व्यवसायिक तालिम दिइएको वाक नेपालका फिल्ड अधिकृत रमिता ढुंगाना जैशीले बताइन्। पहिलो चरणको तालिममा युवाहरुको मागलाई पहिचान गरिएको र दोस्रो चरणमा व्यवसाय गर्न चाहाने युवालाई छनौट गरेर तालिम सञ्चालन गरिएको उनले बताइन्।

युवालाई रोजागारीसँग जोड्नका लागि स्थानीय सरकार र विभिन्न गैरसरकारी संस्थाहरुले सञ्चालन गर्दै आएका छन्। आफ्नै गाउँमा केही गर्न चाहाने युवाहरुलाई आवश्यक सिप सिकाई स्वरोजगार बनाउने कार्य जिल्लाको मंगलसेन नगरपालिकामा हुँदै आएको छ। वडा नम्बर ७ का नविन जनालाले तालिमपछि व्यवसाय सञ्चालन गर्ने बताए। उनले आफुले गर्न सक्ने व्यवसायको पहिचान गर्न सक्ने क्षमता आफुमा बढेको उनले बताए। आफुले चाहेको सिप सिक्ने अवसर पाएमा आफ्नै गाउँमा व्यवसाय गर्ने योजना बनाएको उनले बताए। तालिममा सहभागी भएकी बिस्ना अधिकारी जैशीले वाक नेपालले दिएको तालिम आफुहरुका लागि निकै प्रभावकारी हुने बताइन्। तालिमले व्यवसायका लागि हौसला मिलेको उनले बताइन्।

युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशिलतामा सहयोग पु¥याई रहेको यो संस्थाले युवाहरुको क्षेत्रमा निकै राम्रो काम गर्दै आएको दाबी गरिएको छ। सिप सिकेर व्यवहारमा लागु गरे नगरेको अनुगमन गरिने वाक नेपालका कार्यक्रम संयोजक माहादेव ओझाले बताए।

सिपमुलक र व्यवसायिक तालिमको समापन कार्यक्रमा बोल्दै मंगलसेन नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजबहादुर शाहीले युवाहरुले माग गरे अनुसारकै सिप सिकाएर उनीहरुलाई सफल उद्यमी बन्न आग्रह गरे। उद्यमी बन्न चाहाने र आर्थिक अभाव भएका युवाहरुका लागि सहयोग गर्न तयार रहेको उनले बताए।

यस्तै मंगलसेन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष देवेन्द्रप्रसाद भन्डारिले युवाहरुले माग गरे अनुसारका सिप सिकाएर उनीहरुलाई आफ्नै गाउँठाउमा ब्यवसाय गरेर सफल उद्यमि बन्न आग्रह गरेका छन।

चैत्र २ देखि सुरुभएको पाँच दिने सिपमुलक तालिम ६ गते सम्म भएको थियो। ६ गतेदेखि व्यवसायीक तालिम सुरु भएको थियो। वाक नेपालको आयोजना, शेभ द चिर्रलेण्डको सहयोगमा र पावर परयोजनाको सहकार्यमा आयोजना गरिएको तालिममा ४६ हजार ४ सय ८१ रुपँैया पाँच दिने व्यवसायिक तालीममा खर्च भएको छ। २५ हजार ५ सय एक रुपँैया सिपविका तालीममा खर्च भएको फिल्ड अधिकृत ढुंगाना बताइन्।

यस्तै विगत लामो समयदेखि अछाम जिल्लाका कृयाशिल गैरसरकारी संस्था वाक नेपालले अछाम जिल्लाका थुप्रै युवाहरुलाई रोजागारसँग जोडेको छ। सहभागीहरु मध्ये बाख्रा पालनमा गर्ने दुई, माछा पालन गर्ने एक जना, भैंसी पालन ४ जना, घर वाइरिङ गर्ने एक र तरकारी खेती गर्ने ४ जनाले प्रतिवदता जनाएका छन्।

Previous Post

बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

Next Post

कञ्चनपुरमा झण्डै दुई लाख मुल्य बराबरका कपडा बरामद

Next Post

कञ्चनपुरमा झण्डै दुई लाख मुल्य बराबरका कपडा बरामद

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal