बैतडीः बैतडीमा भिरबाट लडेर एक पुरुषको मुत्यु भएको छ।
जिल्लाको पाटन नगरपालिका–४ बत्थीका ५० वर्षिय जगदिश सिंह महराको आइतबार भिरबाट लडेर मृत्यु भएको हो। आइतबार दिउँसो एक बजे सोहि वडाकै बग्गीचोर भन्ने ठाउँमा महरा भिरबाट लडेर गम्भीर घाइते भएका थिए। गम्भीर घाईते भएका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो।
महरालाई स्वास्थ्य केन्द्रमा पुर्याएपनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज योगेश खत्रीले बताए।


Discussion about this post