धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशभित्र लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको छैटौं प्रदेश सभाको शनिबार धनगढीमा उद्घाटन गर्दै मुख्यमन्त्री शाहले निजी क्षेत्रलाई लगानीका आग्रह गरेका हुन्। सुदूरपश्चिमको आर्थिकस्तर माथि उकास्ने र प्रदेशलाई समृद्धितिर लैजाने कार्यमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै मुख्यमन्त्री शाहले प्रदेशभित्र लगानी बढाउन आग्रह गरे।
प्रदेशभित्र रहेका सम्भावनाको पहिचान निजी क्षेत्रले नै गरेकाले उद्योग क्षेत्रमा लगानी बढाउन उनको जोड थियो। यसका लागि लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार भएकाले संभावित क्षेत्रमा निजी क्षेत्रको लगानी बढ्नुपर्ने उनले बताए।


Discussion about this post