Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

झण्डै दुई करोड अमेरिकी डलरको ‘प्रोजेक्ट’ मा देखिएन प्रगति

Public Dristi by Public Dristi
मार्च 23, 2023
in प्रदेश
8
0
6
SHARES
9
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

वीरेन्द्र भट्ट, धनगढीः तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सहजपुर–विपीनगर–बोगटान सडक चार वर्ष वितिसक्दा पनि काम पुरा भएको छैन्। निर्माण सुरु भएको चार वर्षको अवधिमा प्रगति ८० प्रतिशत मात्र देखिएको हो। ५० किलोमिटर सडक कालोपत्रका लागि २०७५ फागुनमा निर्माण सम्झौता गरिएको भए पनि अझै २० प्रतिशत काम हुन बाँकी छ।

चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी सडक निर्माणको काम भइरहेको योजना कार्यालयको दाबी छ। कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ। २०७५ फागुनमा ५० किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न निर्माण सम्झौता भएकामा २९ किलोमिटरको काम मात्र पूरा भएको छ।

विविध कारण यो सडक निर्माणको काम समयमा पुरा गर्न नसकिएको सडक सुधार तथा विकास योजना कार्यालय कैलालीका सूचना अधिकारी गौरब धामीले बताए। ‘अब चालु आर्थिक वर्षभित्रै सम्पूर्ण सडक निर्माणको काम सक्ने गरी अहिले फिल्डमा काम भइरहेको छ, सडक निर्माणमा अहिले कुनै अवरोध नभएकाले बाँकी रहेको काम यसै वर्ष सकिन्छ।’

वर्षौँदेखि राजनीतिक दलका लागि चुनावी मुद्दा बनेको सहजपुर–बोगटान सडकले मूर्तरूप लिन थालेको छ। डोटीको दक्षिणी क्षेत्रको विकासको कोसेढुंगाको रूपमा चर्चा गरिएको सहजपुर–बोगटान सडक निर्माणको काम अन्तिम चरणको पुगेको योजना कार्यालयले जनाएको छ। सडक कालोपत्रको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने दाबी गरिएको छ।

सहजपुर–विपीनगर–बोगटान सडकको २९ देखि ३६ किलोमिटर सडक क्षेत्रमा कालोपत्रको काम बाँकी छ। अहिले ३६ देखि ४५ किलोमिटरसम्म सडक चौडा पार्ने, पर्खाल निर्माण, वेस तथा सव–वेसको काम भइरहेको छ। २०४४ देखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्याक खोल्ने काम सुरु गरिएको थियो। कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाडेबाँजसम्म ५० किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेवीसँग सम्झौता गरिएको थियो।

Previous Post

पुनर्वासमा ८ हजार घरपरिवार जमिनका मालिक बन्दै

Next Post

कैलालीको सामुदायिक वनमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित

Next Post

कैलालीको सामुदायिक वनमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal