Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पुनर्वासमा ८ हजार घरपरिवार जमिनका मालिक बन्दै

Public Dristi by Public Dristi
मार्च 23, 2023
in प्रदेश
7
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कञ्चनपुरः कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा पनि ऐलानी जग्गा नापजाँच सुरु भएको छ। राष्ट्रिय भूमि आयोगमार्फत पुनर्वास नगरपालिकाले नगर क्षेत्रमा रहेको जग्गा नापजाँच सुरु गरेको हो।

पुनर्वास नगरपालिका–९ बीचफाँटादेखि जमिन नापजाँच सुरु गरेको जनाएको छ। पुनर्वास नगरप्रमुख तोयाप्रसाद शर्माले नगरका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासको व्यवस्थापनका लागि जग्गा नापजाँच सुरु गरिएको बताए। मेयर शर्माका अनुसार चैत्र दोस्रो सातादेखि जमिन नापजाँच सुरु गरिएको छ।

‘केही दिनमा थप जनशक्ति लगाएरै भए पनि नापजाँच कामलाई तीव्र पार्छौँ,’ ‘मेयर शर्माले भने, ‘हामीले जनतासँग चुनावका वेला गरेका वाचा पूरा गर्छौँ।’ पुनर्वासमा ऐलानी जमिन नापजाँच सुरु गरिएसँगै ५१ वर्षदेखि जमिन भएर पनि स्वामित्व नपाएका किसान लाभान्वित हुने भएका छन्। पुनर्वासमा २०२८ सालदेखि बसोवास गरी जग्गाको स्वामित्व (लालपुर्जा) विहीन किसान छन्।

भूमि आयोग र पालिकाले कामकाज सुरु गरेसँगै उनीहरू हर्षित भएका छन्। पुनर्वास नगरपालिका–९ का वडाध्यक्ष नरबहादुर विकले आफ्नै वडाबाट जमिन नापजाँच सुरु कार्यले हर्षित भएको बताए। अध्यक्ष विकले वर्षौँदेखि जमिनविहीन भएका जनता जमिनको मालिक बन्ने आशा व्यक्त गरेका छन्।

राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगानाले पुनर्वास नगरपालिकाले समेत जमिन नापजाँच सुरु गरेसँगै लामो समयदेखि जमिनविहीन किसान जमिनको स्वामित्व पाउने बताए। २०७६ माघ २८ सम्म आवादी गरेको १० वर्ष पूरा भएकोलाई मात्रै जग्गा उपलब्ध गराउने अध्यक्ष ढुंगानाले बताए।

Previous Post

धुर्मुसले रुदैँ भनेः मलाई पलपल नमारिदिनुस्

Next Post

झण्डै दुई करोड अमेरिकी डलरको ‘प्रोजेक्ट’ मा देखिएन प्रगति

Next Post

झण्डै दुई करोड अमेरिकी डलरको ‘प्रोजेक्ट’ मा देखिएन प्रगति

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal