धनगढी: कैलालीका किसान अगुवाद्धारा सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ। सरकारले बढाएको रासायनिक मलको मूल्य तत्काल फिर्ता लिन कैलालीका किसान सङ्गठनहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्।
शुक्रवार कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका किसान सङ्गठनका अगुवाहरूले सरकार आफ्नो कदमबाट पछि हट्नु पर्ने बताए। किसानको ढाँड सेक्ने गरि सरकारले मलको मूल्य बढाउन नपाउने अखिल नेपाल किसान महासङ्घ कैलालीका इन्चार्ज डेजी पाण्डेयले बताए। उनले तत्काल सरकारले बढाएको मूल्य फिर्ता लिनु पर्नेमा जोड लिए।
शुक्रवार जिल्ला प्रशासन कार्यालय कैलालीमा पाण्डे सहित नेपाल किसान महासङ्घ कैलालीका अध्यक्ष प्रकाश बहादुर थापा नेपाल राष्टिय प्रजातान्त्रिक किसान सङ्गठन कैलालीको प्रदेश संयोजक हरिलाल भट्टराई लगायत किसानका अगुवाहरू पुगेका थिए। उनीहरुले तीन जनाको हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्रमा किसान सङ्गठनका अगुवाहरूले सरकारको निर्णयले ६० प्रतिशत किसानलाई मार परेको भन्दै मूल्य घटाउनु पर्ने उल्लेख छ।


Discussion about this post