Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कञ्चनपुरमा गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी

Public Dristi by Public Dristi
मार्च 10, 2023
in प्रदेश
4
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दैआएकी छन्। गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने थाहा पाएपछि उनले कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बाणीबाट गड्यौला ल्याएर मल उत्पादनमा लागेकी हुन्।

‘दुई वर्षअघि बैंकबाट रु पाँच लाख ऋण लिएर गड्यौला मल उत्पादन र बाख्रापालन शुरु गरेकी थिएँ,’ उनले भनिन्, ‘अहिले गड्यौला मलको माग धेरै बढेको छ, माग धान्नै सकस छ।’ जोशीले अहिले मल बिक्रीबाटै आत्मनिर्भर भएको बताइन्। मल उत्पादनका लागि उनले बाख्रापालनसमेत गरेकि छन्।

रासायनिक मलको विकल्पका रूपमा गड्यौला मलको प्रयोग गर्दा उत्पादन पर्याप्त हुने भएकाले पछिल्लो समय किसानले गड्यौला मल प्रयोग गर्न थालेका छन्। ‘रासायनिक मललेभन्दा गड्यौला मलले उत्पादन राम्रो हुन्छ।’ उनले भनिन्, ‘केही समयअघिसम्म यसबारे ज्ञान नभएर प्रयोग गर्न डराउँथे।’

पछिल्लो समय केही किसानले धान, गहुँ, उखु र तरकारीखेतीमा गड्यौला मल प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएको देखेपछि यसको माग बढेको जोशीले बताए। ‘अहिले मलको माग धेरै छ, मागअनुसार उपलब्ध गराउन सकेकी छैन,’ उनले भनिन्, ‘तरकारी र फूलमा प्रयोग गर्न यो मल बढी लैजाने गरेका छन्।’ उनले मल र बाख्राबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी हुनेगरेको बताइन्।

गोबर तथा खेतबारीबाट निस्कने कुहिने फोहरबाट मल उत्पादन गर्न सकिने जोशीले बताए। ‘कुहिने फोहरबाट समेत गड्यौला मल उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘बेला–बेलामा सिँचाइ गर्नुपर्छ, धेरै मेहनत लाग्दैन।’ गड्यौला मलले माटोको उर्वराशक्ति बढाउनुका साथै थोरै लागतमा धेरै उत्पादन गर्न सकिन्छ। यसका साथै मानवीय स्वास्थ्य र वातावरणीय सुधारका लागि पनि गड्यौला मलको प्रयोग गर्नु उपयुक्त हुन्छ। गड्यौला मल प्रतिकिलो रु ३५ का दरले बिक्री हुने गरेको जोशीले बताए।

उनले भने, ‘गड्यौला प्रतिकिलो रु तीन हजारका दरले बिक्री हुन्छ।’ जोशीले गड्यौला र मल दुवै बिक्री गर्दैआउनु भएको छ। पछिल्लो समय यहाँका अन्य किसानले पनि गड्यौला मलको उत्पादन गर्न थालेका छन्। ‘यसमा धेरै मेहनत लाग्दैन, एकपटक गड्यौला ल्याएर राखे पुग्छ,’ उनको भनाइ छ।

Previous Post

मोहना सिँचाईमा १२ करोड बग्यो, किसानका खेतमा पुगेन सिँचाई

Next Post

बाजुरामा १७ वर्षीया सुत्केरीको मृत्यु

Next Post

बाजुरामा १७ वर्षीया सुत्केरीको मृत्यु

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal