Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

मोहना सिँचाईमा १२ करोड बग्यो, किसानका खेतमा पुगेन सिँचाई

Public Dristi by Public Dristi
मार्च 10, 2023
in प्रदेश
7
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः कैलालीको मोहना सिँचाई आयोजना निर्माणको नाममा झण्डै १२ करोड खर्च भइसकेको छ। २०३८ सालदेखि निर्माण सुरु भएको आयोजनाको २०४२ मा काम पूरा भएको थियो। ३७ वर्ष पुरानो सिँचाई आयोजनाले लक्ष्यअनुसार किसानका खेतीमा सिँचाई विस्तार गर्न भने सकेको छैन्। मोहना सिँचाई आयोजनाको नाममा झण्डै १२ करोड खर्चिए पनि पानी बग्ने सिँचाई नहरमा पैसा मात्र बगेको स्थानीयको गुनासो छ।

सिँचाइका जीर्ण संरचना निर्माण गर्न आवश्यक बजेट विनियोजन नभएको आयोजना कार्यालयको दाबी छ। गोदावरी नगरपालिका वडा नम्बर ११ को मछेली खोला क्षेत्रका किसानका लागि सिँचाईको सुविधा भए पनि कञ्चनपुरको कृष्णपुरसहितका किसानले भने अझै सिँचाई सुविधा पाउन सकेका छैनन्। गोदावरी नगरपालिका वडा नम्बर ११ का अध्यक्ष प्रेम बडैलाले नहरमा पानी रहेको बताए।

वडा नम्बर ११ सहितका खोला नजिकका किसानले सिँचाईको सुविधा पाए पनि लक्षित सबै क्षेत्रमा सिँचाइ नपुगेको उनले बताए। मर्मतका लागि न्यून रकम विनियोजन हुने भएकाले समस्या रहेको बडैलाको दाबी छ। कैलालीको गोदावरी नगरपालिको गोदावरी तथा मालाखेती र कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रमा सिँचाइ सुविधाका लागि मोहना सिँचाई आयोजना निर्माण गरिएको हो।

आयोजनाका लागि संघीय सरकार, एसियाली विकास बैंक र स्थानीय उपभोक्तासमेतको गरेर ११ करोड ९३ लाख खर्च भइसकेको छ। मछेली खोलामा निर्माण गरिएको बाँध पटकपटक आएको बाढीले बगाएपछि सिँचाइ मर्मतको काम अलपत्र पर्दै आएको छ। उक्त सिँचाई आयोजना संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। तर प्रदेश सरकारले सिँचाइ आयोजनाका लागि आवश्यक बजेट विनियोजन नगर्दा मर्मतमा समस्या भइरहेको हो।

पथरैया–मोहना सिँचाई व्यवस्था कार्यालय, कैलालीका प्रमुख इन्जिनियर रुपेश भट्टराईले नहरमा पानी रहेको बताए। उनले सिँचाईका लागि खोलामा पानी कम हुने भएकाले सबै क्षेत्रमा पानी नपुगेको बताए। कैलालीको चुरे पहाडको फेदीमा निर्माण गरिएको आयोजनाको बाँध बलियो नभएकाले बाढीले वर्षेनि बगाउने गरेको थियो।

गोदावरी नगरपालिकाको एक हजार चार सय हेक्टर र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको ६ सय हेक्टर क्षेत्रफलमा सिँचाई गर्ने आयोजनाको लक्ष्य थियो। आयोजनाबाट तीन हजार घरधुरी लाभान्वित हुने लक्ष्य रहेको भए पनि लक्ष्य पूरा भएको छैन्। महाकाली सिँचाइ आयोजनासँगै मोहना सिँचाइको नहर मिलाउने इन्जिनियर भटराईले बताए।

महाकाली सिँचाई आयोजनाको नहर र मोहना सिँचाईको नहर मिलाउने दाबी उनको छ। मोहना सिँचाइ आयोजनाको लम्बाइ एक किलोमिटर तीन सय मिटर छ। एक आर्थिक वर्षमा चार/पाँच लाख मात्र मर्मत शिर्षकमा रकम विनियोज हुने भएकाले नहर मर्मतमा समस्या हुने गरेको आयोजना कार्यालयले जनाएको छ।

Previous Post

राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै आयोगले आज प्रतिवेदन पेश गर्ने

Next Post

कञ्चनपुरमा गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी

Next Post

कञ्चनपुरमा गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal