काठमाडौँः अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन्।
बिहीबार चितवनको सौराहको एक रिसोर्टमा उनीहरुले विवाहको लगनगाँठो कसेका हुन्। विवाहमा दुबैपक्षका सीमित आफन्त, साथीभाइकोमात्र सहभागिता रहेको छ। विवाहमा दुवै खुसी देखिएका छन्। विवाहको जानकारी पनि सुरक्षाले तस्बिर सार्वजनिक गर्दै गराएकी थिइन्। हिजो बुधबार मात्र उनीहरुले इन्गेजमेन्ट गरेका थिए। जसको जानकारी अभिनेत्री सुरक्षाले सामाजिक सञ्जाल मार्फत गराएकी थिइन्।
करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई सुरक्षा र मावनले विवाहमा परिणत गरेका हुन्। मानव गायक तथा अभिनेता हुन् भने सुरक्षा इन्जिनियरिङको अध्ययन गरेर फिल्म अभिनयमा रमाइरहेकी छन्। ‘सुस्केरा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुरक्षाले ‘गोपी’, ‘चंगा चेट’, ‘आमा’, ‘धनपति’, ‘के घर के डेरा’, ‘आमा’ फिल्म अभिनय गरेकी छन्।
उनको अभिनय रहेको फिल्म ‘बहाव’ आगामी चैत २४ गते र ‘बुलाकी’ आगामी वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।


Discussion about this post