Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

राष्ट्रपति निर्वाचनः मतदान सकियो, संघीय संसदका ३१३ जनाले हाले भोट

Public Dristi by Public Dristi
मार्च 9, 2023
in राजनीति
7
0
5
SHARES
8
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाण्डौँः राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। बिहान १० बजे शुरू भएको मतदान दिउँसो पौने ३ बजे सकिएको हो। राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्। बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मतदान सकिएसँगै मतगणना कार्य शुरू गर्ने र साँझ ७ बजेभित्र मतपरिणाम घोषणा गर्ने गरी तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।

निर्वाचनमा संघीय सांसदको १ मत बराबर ७९ र प्रदेशसभा सदस्यको १ मत बराबर ४८ मतभार कायम गरिएको छ। राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३१३ जनाले भाग लिएका छन्। प्रदेशसभा सदस्य ५५० मतदाता छन्। तर ५१८ जनाले मात्र मतदान गरेका छन्।
७ जनाले पाएनन् मतदान प्रक्रियामा भाग लिन
राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभाका भने ७ जना सांसदले विभिन्न कारणले भोट दिन पाएनन्। बिरामी, निलम्बन, मुद्दा, तटस्थ र रिक्तता र मृत्युका कार उनीहरूले भोट दिन नपाएका हुन्। नागरिकता प्रकरणमा सांसद पद खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले भोट दिन पाएनन्।

प्रतिनिधिसभामा गुल्मीबाट जितेका चन्द्र भण्डारी आगलागीमा परी घाइते भएपछि भारतको मुम्बईमा उपचाररतः छन्। यसैले पनि उनले पनि मतदान गर्न पाएनन्। माओवादी सांसद वर्षमान पुन पनि बिरामी भएका कारण चीनमा उपचाररत छन्।
जसपाकी सांसद शहनाज रहमानको मृत्यु भएको थियो। एमालेका सांसद लक्ष्मी कोइरीलाई मुद्दा लागेकाले मतदान गर्न पाएनन्।

मनाङबाट चुनाव जितेको कांग्रेस सांसद टेकबहादुर गुरुङलाई पनि मुद्दा लागेकाले उनले पनि भोट दिन पाएनन्। नेमकिपाका सांसद प्रेम सुवाल भने भोट नदिई तटस्थ बसेका छन्। यसैगरी राप्रपाका १४ सांसद राष्ट्रपति निर्वाचनमा सहभागी नै भएनन्।

Previous Post

राष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

Next Post

नायिका सुरक्षा र मानव विवाह बन्धनमा

Next Post

नायिका सुरक्षा र मानव विवाह बन्धनमा

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal