Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सुदूरपश्चिममा ८७ महिलाको हत्या, सात हजार बढी महिलाविरुद्ध अपराध

Public Dristi by Public Dristi
मार्च 8, 2023
in समाज
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः विवाह गर्न अस्वीकार गर्दा १३ मंसिरमा बैतडीकी २१ वर्षीय माया लुहारको घाँटी रेटेर विभत्स हत्या भयो। पञ्चेश्वर गाउँपालिका–४ की माया भर्खरै म्यादी प्रहरीबाट घर फर्किएकी थिइन्। जिल्ला प्रहरी प्रवक्ता लोकराज जोशीकाअनुसार सशस्त्र प्रहरीमा जवानको रुपमा कार्यरत शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीले मायालाई प्रेम गर्थे। उनीसँग विवाह गर्न चाहेका थिए। तर, मायाले विवाहको प्रस्ताव अस्वीकार गर्दा भरतरामले उनको घाँटी रेटेर हत्या गरेका हुन्।

नेपालमा २०५४ सालपछि हरेक वर्ष लैंगिक हिंसाविरुद्व अभियान चलाइन्छ, सरकारी र गैरसरकारी निकायले गोष्ठी गर्छन्, तथ्यांक केलाउँछन् र बहस चलाउँछन्। यति मात्रै होइन, यो अढाई दशकमा सरकारले हिंसा नियन्त्रणकालागि नयाँ नीति, कार्यक्रम र कानुनहरू पनि तर्जुमा गरेको छ। त्यसमा भएको खर्चको कुनै लेखाजोखा छैन। तर, लिङ्गकै आधारमा महिलाहरूमाथि हुने घरेलु हिंसा, विभेद, अपराध र बहिष्करण भने रोकिएको छैन, बरू झन्–झन् बढ्दो छ।

त्यसो त महिला आन्दोलनले अहिले पाएको उपलब्धी कमजोर भने होइन। ०६२/०६३ को जनआन्दोलन र महिलाहरूको संघर्षकै कारण महिला राष्ट्रपति र सभामुखसमेत भए। नागरिकको नजिकमा रहेका स्थानीय सरकारमा मात्रै १४ हजार महिला जनताको प्रतिनिधि बनेका छन्। तर, माथिका उदाहरणमा झैं दिनहुँ महिलामाथि घटिरहेका हिंसाका घटनाले नेपाली समाज अझै पनि महिलाका लागि असुरक्षित रहेको र आत्मसम्मानपूर्वक बाँच्न पाउने अवस्था नरहेको देखाउँछन्।

नेपाल प्रहरीको केन्द्रिय तथ्यांकअनुसार सुदूरपश्चिममा पछिल्लो ५५ महिनाको अवधिमा ८७ महिलाको हत्या गरिएको छ। महिला मारिनुमा पुरुषवादी सामाजिक चेत र शक्तिलाई कतिपयले मुख्य कारण मानेका छन्। बलात्कार पनि पुरुषवादी सामाजिक चेतकै उपज भएको हुँदा महिला हत्यामा यो कारणका रूपमा आउने तर्क छ। महिलाको हत्या कुन कारण भएको हो, त्यसको स्पेसिफिक अध्ययन त भएको छैन।

यद्यपि, समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा कहीँ न कतै पुरुषवादी सामाजिक चेत र शक्ति योसँग जोडिएर आउँछ। बलात्कारका पछाडि कारण यही छ। त्यसो हुँदा महिला हत्याको पछि यौन पनि कारणका रूपमा जोडिएर आउन सक्छ। प्रहरीका अनुसार बढ्दो बेरोजगार, सामाजिक सञ्जालको अन्धाधुन्ध प्रयोग, मादक तथा नसालु पदार्थ सेवन, पारिवारिक कलह, सम्पत्ति, दाइजो, वैदेशिक रोजगारीलगायत कारण पनि महिला हत्यासँग जोडिने विषय हुन्।

समाजमा बेरोजगारी बढ्दो छ। सामाजिक सञ्जालको अन्धाधुन्ध प्रयोग बढेका छन्। मादक पदार्थ सेवन उत्तिकै छन्। महिलाविरुद्धका अधिकांश अपराध परिवारभित्रैकै सदस्यबाट भएको अध्ययनबाट देखिने समेत गरेको छ। यौनजन्य अधिकांश अपराध पनि चिनजानमा रहेका वा परिवारभित्रकै सदस्यबाट हुने र त्यसलाई लुकाउने क्रममा महिलाको हत्या हुन सक्ने जोखिम छ। महिलामाथि हिंसा मात्रै होइन, हत्या नै हुने गर्छन्।

पछिल्लो ६७ महिनामा सुदूरपश्चिममा सात हजार एक सय २९ महिलाविरुद्ध अपराधका घटना भएका छन्। यस अवधिमा बलात्कार, बहुविवाह, जातीय छुवाछुत, गर्भपतन, अपहरण, मानव बेचविखन, अप्राकृतिक मैथुनलगायत अपराधका घटना भएका छन्। त्यस्तै २०७७ सम्म ७ वर्षको अवधिमा सुदूरपश्चिममा एक सय २९ बालिका बलात्कारको सिकार भएका थिए।

Previous Post

आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

Next Post

११३ औ अन्तर्राष्ट्रीय महिला दिवस भब्यताका साथ तोलीमा सम्पन्न ।

Next Post

११३ औ अन्तर्राष्ट्रीय महिला दिवस भब्यताका साथ तोलीमा सम्पन्न ।

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal