Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सुदूरपश्चिममा होली पर्वको रौनक, निर्धक्क सडकमा निस्किए युवतीहरू

Public Dristi by Public Dristi
मार्च 7, 2023
in प्रदेश
7
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा होली पर्वको रौनक बढेको छ। वर्षभरिको तिक्तता बिर्सेर एक अर्कासँग रंग साटासाट गर्ने सुन्दर पर्वका रूपमा मनाइने होली पर्व पछिल्लो समय सांस्कृतिक पहिचान भन्दा पनि आधुनिक पर्वको रुपमा मनाउने बढेका हुन्।
होली अर्थात फागु पूर्णिमा पहाडमा अघिल्लो दिन र तराईमा भोलिपल्ट उमंगका साथ मनाइन्छ। पहाडी जिल्लामा सोमबार उल्लासपूर्वक होली पर्व मनाइएको छ।

सर्वसाधारणले साथीभाइ र आफन्त भेला भइ एकअर्कामा अबिर दलेर होली मनाइरहेका हुन्। शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको सुखद समयमा होली पर्व मनाइन्छ। तराईमा थारु समुदाय मात्र नभएर पहाडी समुदाय समेत उत्साहका साथ फागु पूर्णिमामा सहभागी हुन्छन्। तर पछिल्लो समय यो पर्व आधुनिकतातर्फ उन्मुख हुँदै गएको संस्कृतिविद् पदमराज जोशी बताउँछन्।

धुमधामले होली मनाउने प्रवृत्ति बढेसँगै युवाहरूका लागि यो प्रतीक्षित पर्व बनेको छ। होली मनाउनुको आफ्नै महत्व र अर्थ छ। जाडोयाम सकिएलगत्तै प्रकृतिमा हरियाली छाउन थाल्छ। रूखबिरुवाले पालुवा फेर्छ। रंगबिरंगी फूलहरू फुल्न थाल्छ। वसन्तयामको आगमनसँगै प्रकृति आफैंमा मनमोहक बन्छ। वसन्त ऋतुको सुरुवातसँगै जीवनलाई उत्सवमय बनाउने सांकेतिक अर्थसहित होली मनाइन्छ।

जीवनलाई नै उत्सव बनाउनुपर्छ भन्ने अहिलेका युवा पुस्तालाई होलीको ग्ल्यामरले पनि लोभ्याएको छ। उन्मुक्त भएर आ–आफ्नै मर्जीअनुसार ‘सेलिब्रेट’ गर्न पाइने भएकाले पनि युवाहरुले होली पर्वलाई आफ्नोपनसँग जोड्ने गरेका छन्। होली पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने चाड हो। पहाड र तराईमा फरक–फरक दिनमा होली मनाइन्छ। फागु पूर्णिमाको दिन पहाडमा र त्यसको भोलिपल्ट तराईमा मनाउने चलन पुरानै हो।
निर्धक्क सडकमा निस्किए युवतीहरू
विगत केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) पर्वको एक साताअघिदेखि नै कैलाली कञ्चनपुरमा युवतीको आवागमन बन्द हुन्थ्यो। काम विशेषले निस्कनै पर्ने युवतीले घर फर्कंदा निथ्रुक्क हुनुपर्ने बाध्यता थियो। यो विकृति क्रमशः अन्त्य हुन थालेको छ। केही वर्षअघिसम्म फागुपूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो। अबिरलगायतका रङहरू जबर्जस्ती दलिन्थ्यो।

यसपटक भने कसैले पनि अरुको इच्छाविपरीत फागुपूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएको छैन। मानिस आफू आफूमै रमाइरहेका छन्। घरपरिवार एवं छरछिमकीसँग फागु खेलीरहेका छन्। टीका लगाएर खुसी साटासाट गरिरहेका छन्। आपसी सौहार्दता बढाइरहेका छन्। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा (होली) पर्व पहाडी र हिमाली जिल्लामा सोमवार अपेक्षाकृत शान्तरुपमा मनाएका हुन्।

केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) मा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो। यस वर्ष भने सडकमा फागु खेल्ने प्रायः बालबालिका देखिन्छन्। बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन्। गाडी रिजर्भ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगन्य छ। विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिकरुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो। यस वर्ष फागु पर्वकै दिन पनि सहजरुपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए।
होलीको धार्मीक महत्व
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्। निजलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको संस्कृतविद् पदमराज जोशी बताउँछन्। राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ। प्रत्येक वर्ष पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमा र तराईका जिल्लामा फागुन कृष्ण प्रतिपदाका दिन फागु पर्व मनाउने गरिन्छ।

Previous Post

संक्रमणकालीन न्याय ढिलो गराउन कांग्रेस र माओवादी जिम्मेवार : प्रदीप ज्ञवाली

Next Post

दार्चुलामा जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

Next Post

दार्चुलामा जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal