Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

संक्रमणकालीन न्याय ढिलो गराउन कांग्रेस र माओवादी जिम्मेवार : प्रदीप ज्ञवाली

Public Dristi by Public Dristi
मार्च 7, 2023
in राजनीति
9
0
6
SHARES
10
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संक्रमणकालीन न्याय ढिलो गराउन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) जिम्मेवार भएको आरोप लगाउनुभएको भएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘हामीले विगत १५–१६ वर्षदेखि संक्रमणकालीन न्यायका निम्ति आवाज उठाउँदै आएका छौं । हामी द्वन्द्वको पक्ष होइनौं । यसमा कांग्रेस र माओवादीले किन ढिलाइ गरिरहेका छन् ? मैले बुझ्न सकेको छैन । सर्वोच्च अदालतले संक्रमण न्याय ढिलो भयो भन्दैमा पीडितलाई न्यायबाट वञ्चित गर्न मिल्दैन भन्ने महत्त्वपूर्ण सिद्धान्त स्थापित गरेको छ । अब नियमित न्यायिक प्रक्रियाबाट भए पनि द्वन्द्वपीडितलाई न्याय दिलाउने ढोका खोलेको छ,।’

केपी शर्मा ओलीको सरकार विस्थापित गरेपछि शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंग्याउन नचाहेको आरोप पनि उहाँले लगाउनुभयो ।

उहाँले सर्वोच्च अदालतमा रिट दर्ता गर्न खोज्ने नेकपा एमालेका कार्यकर्ता नभएर नेपाली कांग्रेसकै नेताहरू भएको पनि बताउनुभयो । ज्ञवालीले भन्नुभयो, ‘प्रचण्डविरुद्ध मुद्दा हाल्ने नेपाली कांग्रेसका महासमिति सदस्यका साथीहरू हुन् । उहाँहरूको निहत्था परिवार वा आफन्त मारिएको पीडा होला । अब एमालेलाई दोष लगाउने माओवादीको जय होस् न त । कांग्रेसले ३२ सिटको पार्टीलाई १३२ सिटको बनाइदियोस् न त ।’

प्रधानमन्त्री प्रचण्डविरुद्ध कोही पनि एक नभएको ज्ञवालीले दाबी गर्नुभयो । एमाले उपमहासचिव ज्ञवालीले जघन्य अपराधका घटनालाई उन्मुक्ति दिन खोजिए पीडित, कानुन र अन्तर्राष्ट्रिय क्षेत्रले नमान्ने जिकिर पनि गर्नुभयो । छिमेकी संवेदनशीलतामा नेपाल गम्भीर हुन नसकेको भन्दै उहाँले सरकारको आलोचना पनि गर्नुभयो ।

Previous Post

डोटीमा कुटपिट गरी कैलालीका युवकको हत्या

Next Post

सुदूरपश्चिममा होली पर्वको रौनक, निर्धक्क सडकमा निस्किए युवतीहरू

Next Post

सुदूरपश्चिममा होली पर्वको रौनक, निर्धक्क सडकमा निस्किए युवतीहरू

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal