Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कैलालीमा वर्षे धानभन्दा चैते धानको उत्पादन बढी

Public Dristi by Public Dristi
मार्च 4, 2023
in विशेष
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढी: कैलालीको दक्षिण–पूर्वी क्षेत्रमा चेतै धान खेतीको क्षेत्रफल हरेक वर्ष बढी रहेको छ। डुबान हुने क्षेत्रका किसानको चैते धान खेतीमा आकर्षण बढेको हो। कैलालीमा चेतै धान खेती हुने क्षेत्रफल हरेक वर्ष १ सय हेक्टर हाराहारीमा बढी रहेको छ। चैते धानको उत्पादकत्व पनि राम्रो र तीनै तहको सरकारले सहयोग गर्ने भएकाले किसानको आकर्षण बढेको हो।


बाढी र डुबानको समस्या भएका भजनी, टिकापुर नगरपालिका र कैलाली, जोशीपुर र जानकी गाउँपालिकाका किसानहरूले चेतै धान लगाउन थालेका छन्। भजनी नगरपालिकामा मात्रै ७० प्रतिशत चैते धान खेतीको क्षेत्रफल रहेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए।


‘गत वर्ष कैलालीमा १ हजार ८० हेक्टर क्षेत्रफलमा चेतै धान खेती गरिएको थियो। यो वर्ष भने करिब १ सय बढी हेक्टर क्षेत्रफलमा थप चैते धान खेती गरिने भएको छ, उनले भने, ‘चैते धानको उत्पादकत्व वर्षे धानभन्दा १० देखि १५ प्रतिशत बढी हुने, धान सहजै बिक्री हुने र रोग किराको प्रकोप नहुने भएकाले डुबानको कारण वर्षे धान हुनै नसक्ने क्षेत्रमा चेतै धान खेती गर्नु राम्रो छ।’


चैते धान खेती गर्न चाहने किसानलाई मल, बिउ, सिँचाइ, उपकरण र बजारीकरणमा संघ, प्रदेश र स्थानीय सरकारले सहयोग गर्ने गरेका छन्। चिउराका लागि चैते धान राम्रो हुने भएकाले कैलालीका चिउरा मिलहरूले चैते धान खोजीखोजी खरिद गर्ने कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख शर्माले बताए।


‘चैते धानको उत्पादकत्व प्रति हेक्टर ५ टन अर्थात ५० क्वीन्टल रहेको छ। चैते धान खेती गर्न किसानले माघमा बेर्ना राखिसक्ने र फागुन भित्र रोपाइँ गरिसक्नुपर्ने हुन्छ, ‘उनले भने, ‘चैते धान जेठ १५ देखि असार १५ सम्म भित्र्याउन सकिन्छ भने धान काटेपछि मलको व्यवस्था गर्न सके काटेको धानबाट फेरि बोट पलाएर धान फलाउन सकिन्छ।’

Previous Post

औषधि व्यवसायी संघ कैलालीद्वारा स्वास्थ्य क्षेत्रमा योगदान गरेको भन्दै सम्मान 

Next Post

‘दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिँदैन’ 

Next Post

‘दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिँदैन’ 

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal