धनगढीः औषधि व्यवसायी संघ कैलालीले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा योगदान गरेको भन्दै चार जनालाई सम्मान गरेको छ। औषधि व्यवासायी संघ कैलालीको दोस्रो साधारण सभाको अवसरमा प्राध्यापक डाक्टर शुभेषराज कायस्थ, डाक्टर गणेशबहादुर सिंह, डाक्टर सिपी पाण्डे र पत्रकार दिपक नेपाल उपाध्यायलाई सम्मान गरिएको हो।
डाक्टर कायस्थ, सिंह र पाण्डेलाई सुदूरपश्चिम क्षेत्रमा बसेर स्वास्थ्य क्षेत्रमा लामो समयसम्म योगदान दिएका कारण सम्मान गरिएको हो भने पत्रकार उपाध्यायलाई एक सय पटक रक्तदान गरेर अरूलाई पनि रक्तदान गर्न प्रेरित गरेको भन्दै सम्मान गरिएको हो।

Discussion about this post