Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

सागर देबकोटा by सागर देबकोटा
मार्च 2, 2024
in सूचना प्रविधि
6
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाण्डौ – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज र भोलि देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पञ्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा तथा बाग्मती प्रदेशको पहाडी भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै कोशी प्रदेशको पहाडी भेगका एक दुुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँ तथा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै भोलि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेशसहित कोशी प्रदेशका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र मधेश प्रदेशका थोरै ठाउँमा छिटफुटदेखि हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पर्सि सोमवारदेखि क्रमिक रूपमा मौसममा सुधार हुने देखिन्छ ।

यसैबीच यस वर्षको हिउँदयाममा औसतको २१ प्रतिशत मात्रै वर्षा भएको छ । नेपालमा डिसेम्बर १ देखि फेब्रुअरी २९ तारिख अर्थात मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको तीन महिनालाई हिउँदयाम मानिन्छ ।हिउँदयाममा औषतमा ६० दशमलव १ मिलिमिटर पानी पर्नुपर्नेमा यो वर्ष १२ दशमलव ५ मिलिमिटर मात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गएको वर्ष बितेका ३० वर्षमै सुक्खा हिउँद भएकोमा यो वर्ष गएको वर्षको १२ दशमलव ९ मिलिमिटर भन्दा पनि कम वर्षा भएको हो ।

Previous Post

बालमैत्री स्थानीय शासन वडा घोषणा गर्न अनुगमन तथा समिक्षा कार्यक्रम बिनायक सम्पन्न

Next Post

जाल्पेश्वरी माबिमा कक्षा १०का बिद्यार्थी को बिदाई

Next Post

जाल्पेश्वरी माबिमा कक्षा १०का बिद्यार्थी को बिदाई

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal