अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा न.२ बिनायक लाई बाल मैत्री स्थानीय शासन वडा घाेषणाकाे पुर्ण रुप दिन हाल सम्म भए गरेका कामकाे बुधबार अनुगमन तथा समिक्षा गरेकाे छ ।
आस्था नेपाल वल्र्ड भिजन इन्टरनेशनल काे सहयोग र पञ्चदेवल बिनायक नगरपालिकको समन्वयमा वडा न.२ काे बालमैत्री स्थानीय शासन समितिको सक्रियतामा २०८१ भित्र नै वडालाइ बालमैत्री स्थानीय शासन वडा घाेषण गर्न तयारीका लागि अनुगमन तथा समिक्षा गरिएको हाे ।

आस्था नेपाल world vision भिजन र पञ्चदेवल बिनायक वाड न २ वडा बाल मैत्री स्थानीय शासन समितिको सयुक्त टाेलि द्वारा हाल सम्म भए गरेका काम र सुचककाे अवस्था विश्लेषण गरि आगामी गर्नुपर्ने क्रियाकलाप बारे कार्ययोजना सहित तयार गरिएको छ ।
बालमैत्री स्थानीय शासन वडा समिति सयाेंजक एबम वडा अध्यक्ष श्री कृपा बहादुर धामि ज्यु को अध्यक्ष्यतामा भएको अनुगमन तथा समिक्षात्मक कार्यक्रमका प्रमुख अतिथि पञ्चदेवल बिनायक नगरपालिका नगर उप प्रमुख हर्क बहादुर रावल रहेका थिए ।
उपाध्यक्ष रावलले बाल मैत्री स्थानीय शासन वडा घाेषणा काेलागि आस्था नेपाल वल्र्ड भिजनले गरेकाे प्राबिधिक ,तथा सहजिकरण लागि धन्यवाद दिदै वडालाई बाल मैत्री स्थानीय शासन घाेषणा गर्न पालिकाले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

यस्तै कार्यक्रमका वडा नं २ का वडा अध्यक्ष कृपा बहादुर धामी वडालाई बालमैत्री वडा घाेषणाका लागि ५१ वटा सुचक मध्ये बाकी रहेका सुचकमा तत्काल पूरा गर्न आवश्यक कार्यकाे थालनी गरि २०८१ मा घाेषणा गरिने बताएका छन ।
अनुगमन कार्यक्रममा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका सयाेंजक असाेक खनाल, world vision कार्यालय काठमाडौका श्याम अधिकारी , word vision पश्चिम कार्यलय धनगढीका मुकेश पन्त पञ्चदेवल बिनायक नगरपालिका स्वास्थ्य शाखा प्रतिनिधि लक्ष्मीकान्त बजगाई महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखा का फोकल ब्याक्ती हंसराज अधिकारी तथा पत्रकार लगायत बाल मैत्री स्थानिय शसन समिती रहनु भएको थियो ।
साथै बाल मैत्री स्थानिय शासन रास्टिय मञ्चका सयाेंजक असाेक खनालले ५१ वटा सुचक माथि समिक्षा गरि हाल सम्म भए गरेका कामकाे प्रसंसा गर्दै वडालाई बालमैत्री घाेषणा गर्न तत्काल गर्नुपर्ने काम बारे सुझाव दिनुभएको थियाे ।

यसको साथै आगामी दिनमा बाल मैत्री स्थानीय शासन वडा घोषणा गर्नका लागि बाल बालिकाको प्रोफाइल र लगानी योजना तत्काल निर्माण गर्ने , बाल सन्जाल लाई कृयाशिल बनाइ विभिन्न कार्यक्रममा परिचालन गर्ने ,वडा बाल मैत्री स्थानिय शासन समिती लाई सुचक सबन्धी डकुमेन्ट्री गरि फाइलिङ गर्न उप समिती बनाइ जिम्मेवार बनाउने लगायत पालिका तथा वडा स्तरिय बाल मैत्री स्थानीय शासन समिती र सरोकार वाला निकाय सग अन्तरकृया बैठक गरि वडा घोषणा गर्नका लागि मिति तय गरि सोही अनुसार योजना बनाइ अगाडि बढ्ने निर्णय सहित कार्ययोजना बनाइ महत्त्वपुर्ण विषयमा छलफल गरियो ।
साे कार्यक्रममा स्थानीय जनप्रतिनिधि बालमैत्री स्थानीय शासन समितिका पदाधिकारी र आस्था नेपालका परियोजना अधिकृत तपेन्द्र ठकुल्ला बाल संरक्षण फिल्ड अधिकृत दिल बहादुर शाही सामाजिक परिचालक नम बहादुर बिस्ट बृख बि क लगायतको सहभागिता रहेकाे थियो । उक्त कार्यक्रमको सञ्चालन नम बहादुर बिस्टले गर्नु भएको थियो


Discussion about this post