Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

धनगढीको हुलाकी सडकमा पनि स्मार्ट सडक बत्ती जडान हुने

Public Dristi by Public Dristi
मार्च 2, 2023
in समाज
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः हुलाकी राजमार्गको कैलाली खण्डमा ६९ किलोमिटर सडक स्तरवृद्धि हुँदैछ। धनगढी उपमहानगरपालिका क्षेत्रको ३ किलोमिटरसहित लम्की र टीकापुर क्षेत्रमा ४ लेन सडक विस्तारको काम जारी छ।


हुलाकी राजमार्ग आयोजना कार्यालयले धनगढीमा तीन किलोमिटरसहित लम्की र टीकापुर क्षेत्रमा स्मार्ट सडक बत्ती जडानका लागि प्रक्रिया सुरु गरेको छ। धनगढी उपमहानगरपालिकाले स्मार्ट सडक बत्ती जडानका लागि आग्रह गरेको हुलाकी सडक योजना कार्यालयले बताएको छ।


हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख सविन जोशीका अनुसार उपमहानगरपालिकाको आग्रहमा विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार हुँदैछ। उनले भने, ‘स्मार्ट बत्तीका लागि मेयर साबले पेस गर्नु भएको थियो। हामीले पनि लागत स्टिमेट तयार गरेर बजेटको लागि माग गर्नुपर्ने हुन्छ। प्रक्रिया अगाडि बढाउदैछौँ।’


धनगढी उपमहानगरपालिकाको क्याम्पस चोकदेखि मनहेरास्थित कालिका मन्दिर सम्मको ३ किलोमिटर सडकलाई ४ लेनसहित अन्य खण्डलाई दुई लेनमा विस्तार गरिदैँछ। चार लेन सडक क्षेत्रमा स्मार्ट सडक बत्ती जडानको प्रक्रिया सुरु भएको हो।


नेपाल विद्युत प्राधिकरणको सहयोगमा हुलाकी सडक योजना कार्यालय, धनगढीले डिपीआर तयार पारेर बत्ती जडान गर्ने बताएको छ। हुलाकी सडक योजना कार्यालय धनगढीका प्रमुख जोशीले भने, ‘स्मार्ट लाइटमा दररेटका लागि हामीलाई जानकारी हुँदैन। हामी विद्युतका विज्ञ होइनौँ। विद्युत प्राधिकरणबाट सहयोग मागेर गरौला भनेका छौँ।’ उनका अनुसार धनगढीको चार लेन र टीकापुर तथा लम्की क्षेत्रमासमेत स्मार्ट सडक बत्ती जडान गर्न प्रक्रिया थालिएको हो।


सहरी क्षेत्र तथा चार लेन सडक निर्माण भएको क्षेत्रमा बत्ती जडानका लागि डिपिआर तयार हुने भएको हो। हुलाकी सडक योजना कार्यालयले डिपिआर तयार गरेपछि संघीय सरकारसँग बजेट माग गर्नेछ। संघीय सरकारले बजेट दिएपछि हुलाकी सडकले नै स्मार्ट सडक बत्ती जडानका लागि ठेक्का सम्झौता गर्ने भएको हो।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले ६ महिना अगाडिबाट प्रक्रिया थालेको बताए। हुलाकी सडकको धनगढी कार्यालय र हुलाकी राजमार्ग निर्देशनालयमा पत्र पठाएको उनले बताए। उनले भने, ‘उहाँँहरुले टेण्डर गर्दा बत्ती थिएन्। सडक चार लेनको बन्दैछ। हाइ स्पिड सडक हुन्छ। दुर्घटनाका कारण धन जनको क्षति हुने भएकाले स्मार्ट लाइट आवश्यक छ। सुरक्षा र सौन्दर्यका लागि पनि बत्ती आवश्यक छ।’ नगर प्रमुख हमालका अनुसार सडक बत्ती र साइकल लेनका लागि निवेदन पेश गरिएको हो।

धनगढीदेखि बसन्तासम्मको २८ किलोमिटर र बसन्तादेखि सत्तीसम्मको बाँकी १३ किलोमिटर, लम्की–टीकापुर–सत्ती २८ किलोमिटर सडक खण्ड २ लेनमा स्तरवृद्धि हुँदैछ। लम्की–टीकापुर सडकखण्डको २ किलोमिटर क्षेत्रमा भने सहरी विकासले सडक निर्माण गर्दैछ।

Previous Post

जलवायु परिवर्तनको असर: वर्षा र सुख्खा यामको दुरी बढ्दै

Next Post

बुधबार राति कैलालीको धनगढी १३ मा आगलागी

Next Post

बुधबार राति कैलालीको धनगढी १३ मा आगलागी

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal